मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्षमा एमालेका गुरुङ विजयी

काठमाडौं । हिमालपारिको जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । सहायक निर्वाचन अधिकृत जीतबहादुर राणाका अनुसार यहाँ नेकपा (एमाले)का उमेदवार विजयी भएका छन् ।

राणाका अनुसार गाउँपालिकाको अध्यक्ष पदमा एमालेका रिन्जिन नमग्याल गुरुङ ८७६ मत ल्याउँदै विजयी भए । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेदवार अनजेल गुरुङले ५७७ मत पाए ।

उपाध्यक्षमा पनि एमाले विजयी भएको छ । एमालेकी उमेदवार डिक्की गुरुङले ७४९ मत ल्याएकी छन् । पराजित कांग्रेस उमेदवार घेच अँम्नो गुरुङले ६७७ मत पाइन् ।

वडातर्फ तीनवटा वडा एमालेले जित्दा दुई वडाध्यक्षमा कांग्रेस उमेदवार विजयी भएको उनले जानकारी दिए ।

प्रतिक्रिया