माङसेबुङ । सत्ताधारी गठबन्धनका विरुद्ध एक्लै चुनावी मैदानमा उत्रिएको नेकपा एमालेले इलाममा वडा अध्यक्षको खता खोलेको छ । जिल्लाको माङसेबुङ गाउँपालिका ४ मा एमालेको प्यानल नै विजयी भएको छ । भर्खरै सार्वजनिक भएको अन्तिम मतपरिणाममा नेकपा एमालेका उम्मेद्वार नविन लिम्बू ५४ मतान्तरका साथ विजयी भए । लिम्बूले ३ सय २५ मत प्राप्त गरी जिल्लामै पहिलोपटक निर्वाचित घोषित भए ।
उनका निकटतम प्रतिष्पर्धी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका दिलकुमार लिम्बूले २ सय ७१ मत मात्र पाए । त्यस्तै स्वतन्त्र उम्मेद्वार आषिश जवेगूले २ सय ६८ मत पाएका थिए । महिला सदस्यमा एमालेकै कल्पना राई (३४४ मत), दलित महिला सदस्यमा गोमादेवी विश्वकर्मा (३३८ मत) र खुल्ला सदस्यहरुमा टेकमान लिम्बू (३४५ मत) र धनबहादुर राई (३१० मत) विजयी भएका छन् ।
सो वडाबाट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा भने गठनबन्धनका उम्मेद्वारले अग्रता कायम गरेका छन् । गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका डिकेन्द्र इदिङ्गोले ४ सय ८७ मत पाएका छन् । एमालेका हेमन्त राईले ३ सय ४६ मत पाएका छन् । उपाध्यक्षमा पनिस गठबन्धनकै जनता समाजवादी पार्टी नेपालका विनोद नेम्बाङले ४ सय २१ मत पाएका छन् । एमालेकी सुनिता सुब्बाले ३ सय ४७ मत मात्र पाएकी छिन् ।
सझो वडामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको गठबन्धन बनेको थियो । १ हजार ३ सय ६० मतदाता रहेको सो वडामा ९ सय ४९ मत खसेको थियो । अहिले वडा नम्बर ५ र १ को मतगणना भइरहेको छ ।
इलाम
प्रतिक्रिया