रोल्पाको माडि माडि १ माओवादी प्यानलै विजयी

रोल्पा । रोल्पाको माडि गाउँपालिका वडा नम्बर एक अध्यक्षमा नेपाली काँग्रेस, नेकपा एमाले र विप्लव समुहको संयूक्त गठबन्धनलाई हराउँदै नेकपा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ । माओवादीका माडि १ का वडा अध्यक्ष रोहित घर्ती मगरले ८९० मत ल्याएर तीन दलीय गठबन्धनबाट विप्लव समुहका मोहनसिंह वलीलाई पराजित गरेका हुन् । वलीले तीन दलीय गठबन्धनबाट ८४५ मत ल्याएर पराजित भएका हुन्।

पालिका अध्यक्षमा माओवादीका अमरसिंह घर्तीले ७५ मत ल्याउँदा काँग्रेस, एमाले र विप्लव समुहका संयूक्त उम्मेदवार एमालेका विजयकुमारी घर्तीमगरले ८४ मत ल्याएका छन्। माओवादीका उपाध्यक्षका उम्मेदवार जयपुरी घर्तीले ८५९ ल्याएकी छिन् भने संयूक्त गठबन्धनबाट काँग्रेसका कृष्णबहादुर विश्वकर्माले ७६७ मत ल्याएका हुन् । माडिमा मत गणना जारी छ ।

प्रतिक्रिया