विराटनगरमा महानगरकाे मतगणना सुरु

विराटनगर । विराटनगर महानगरपालिकामा मत गणना सुरु भएको छ। १९ वटा वडा रहेको विराटनगर महानगरपालिकामा बिहान १० बजेदेखि मत गण्ना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विराटनगर महानगरपालिकाको वडा १,२, १६, १७, १८ र १९ वटाबाट मतणना शुरु भएको हो ।

विराटनगर महानगरपालिकामा रहेको १ लाख ३३ हजार १४२ मतदाता रहेका मध्ये ८९ हजार ६ सय ७८ जनाले मतदान गरेका थिए । विराटनगरमा गठबन्धनको तर्फबाट नागेश कोइराला र एमालेको तर्फबाट सागर थापा तथा स्वतन्त्र उम्मेदवार उमेश यादवबीच प्रतिस्पर्धा हुने आकलन गरिएको ।

प्रतिक्रिया