काठमाडौं । काठमाडौं बूढानीलकण्ठ नगरपालिका १ को वडाध्यक्षमा नेकपा एमालेका सुरेन्द्र लामा विजयी भएका छन् । केहीबेरअघि मतगणना सकिएको र आफ्ना उम्मेदवार लामा विजयी भएको एमाले नेता राजन भट्टराईले जानकारी दिए ।
भट्टराईले सामाजिक सञ्जालमार्फत आफ्ना उम्मेदवार विजयी भएको बताएका छन् । बूढानीलकण्ठ १ मा वडाअध्यक्षसहित सबै सदस्यमा एमाले विजयी बताइएको छ । उनले ८४५ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उत्तमकुमार खड्काले ४७३ मत पाएका छन् ।
प्रतिक्रिया