वडाध्यक्षका उमेदवारको घरमा सिलिन्डर पड्किँदा एकजना घाइते

बुटवल । रुपन्देहीको मर्चवारी गाउँपालिकामा ग्यास सिलिन्डर पड्किँदा एक महिला घाइते भएकी छन् । मर्चवारी गाउँपालिका ५ का नेकपा एमालेका वडाअध्यक्षका उमेदवार सोमनाथ पाण्डेको घरमा ग्यासको सिलिन्डर पड्किँदा पाण्डेकी बुहारी ५० वर्षीया जयमाला पाण्डे घाइते भएकी हुन् ।

पाण्डेयको घरमा समेत क्षति पुगेको रूपन्देही प्रहरी प्रमुख रवीन्द्र रेग्मीले बताए । घाइते पाण्डेलाई उपचारका लागि भैरहवा लगिएको छ ।

प्रतिक्रिया