मुगुमा किरियामा बसेका ३ दाजुभाइले गरे मतदान

उनीहरु १ घन्टाको पैदल यात्रा गरेर मतदान केन्द्र आएका हुन्

मुगु । आमाको किरियामा रहेका जिल्लाको खत्याड गाउँपालिका -८ सुकाढिकका ३ दाजुभाइले मतदान गरेका छन् । आमाको मृत्यु भएको ७ दिन पुगेका उनीहरु १ घन्टाको पैदल यात्रा गरेर मतदान केन्द्र आएका हुन् ।

उनीहरुले खत्याड गाउपालिका-८ आम गाउँमा रहेको श्री सरस्वती आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छ्न्। किरिया बस्ने दाजुभाइमा खत्याड गाउपालिका-८ सुकाढीक गाउँका ५६ वार्षीया कबिराज कार्की, माइला भाइ वीरबहादुर कार्की र जयसुर कार्कीले करिब साढे ८ बजेतीर मतदान गरेका थिए ।


जेठा दाइ कविराज कार्की नेपाल टेलिभिजन मुगुका जिल्ला संवाददाता हुन् । ५ वर्षमा एकपटक आउने स्थानीय तहका जनप्रतिनिधि छनोट गर्न राम्रा मान्छेलाई चुन्नु पर्ने भएकोले आफ्नो अमूल्य मतदान गर्न यहाँ आएको कबिराजले बताए ।

आमाको आजको कामलाई २/३ घन्टा थाती राखेर पनि हामी ३ भाइ मतदान गर्न पुगेको माइल भाइ वीर बहादुर कार्कीले बताए । हाम्रो ३ मतले कतै राम्रो मान्छेको हार हुन्न सक्छ, तेसैले किरियाको कामलाइ थाती राखेर भए पनि मतदान गर्न पुगेको कबिराज कार्कीको भनाइ छ ।

प्रतिक्रिया