काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्धक्क भएर स्थानीय तह निर्वाचनको मतदान कार्यमा सरिक हुन अपिल गरेका छन् । उनले बिहीबार निर्वाचनमा सहभागी हुन अपिल गरेका हुन् । ‘राष्ट्रिय उत्सवको रुपमा ग्रहण गर्दै सबै मतदाताले आ–आफ्नो मताधिकार प्रयोग गर्नुहुन सम्पूर्ण मतदाता आदरणीय दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक अपिल गर्दछु,’ उनले भने ।
कसैको प्रलोभवनमा नपरी मत बदर नुहने गरी मतदानमा सहभागी हुन उनको आह्वान छ । ‘पद, पैसा र पहुँचबाट प्रभावित नभइ निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित भइ कसैको लोभलालच, प्रलोभन, आश्वासन वा अन्य कुनै प्रभावमा नपरी आफ्नो विवेकको मत सही ठाउँमा प्रयोग गर्न म सबै मतदाताप्रति हार्दिक आह्वान गर्दछु ,’ थपलियाले भने ।
त्यसैगरी शान्ति सुरक्षाको पूर्ण प्रबन्ध गरिएको उनले बताए । नागरिकता, राष्ट्रिय परिचयपत्रलगायतले मतदान गर्न पाउने व्यवस्था मिलाइएको जानकारी दिए । मतबदर नहुने गरी मतदान गर्न उनको आग्रह छ । मतदान भइसकेपछि तत्काल मतगणना कार्य प्रारम्भ गर्ने व्यवस्था मिलाइएको थपलियाले जानकारी दिए ।
प्रतिक्रिया