वडाध्यक्ष उम्मेदवारको निधन भएको तुलसीपुर- १७ मा आज मनोनयन

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका– १७ मा वडाध्यक्षका लागि आज मनोनयन दर्ता हुँदैछ । एमालेबाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको निधन भएपछि आज बिहान १० बजेदेखि १ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।

बिहीबार साँझ ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत रामेश्वर अर्यालले जानकारी दिए ।

तुलसीपुर १७ वडाध्यक्षका लागि ३ जेठमा मतदान हुनेछ । अन्य क्षेत्रका लागि मंगलबार मध्यरातिदेखि मौन अवधि सुरु भइसकेको छ । तर, तुलसीपुर– १७ का हकमा ३१ वैशाखदेखि मौन अवधि सुरु हुनेछ ।

प्रतिक्रिया