पेबल ब्राण्ड नेपाली बजारमा

काठमाडौं । भारतीय एसेसरिज ब्रान्ड पेबल नेपालमा आएको छ । पेबल भारतमा सबै भन्दा छिटो बढ्दो जीवनशैली इलेक्ट्रोनिक्स ब्रान्ड मध्ये एक रहेको छ । यो ब्राण्डका सामान एलाइड ट्रेडलिंक इन्टरनेसनलसँगको साझेदारीमा नेपाल आएको हो ।

साझेदारी विस्तारका विषयमा पेबलका सह–संस्थापक कोमल अग्रवालले नेपालमा उपस्थित हुन पाउँदा खुसी लागेको बताएका छन । आफ्नो ब्रान्डको आदर्श वाक्य सधैं सबैका लागि अत्याधुनिक प्रविधि उपलब्ध गराउने रहेको पनि उनको भनाई छ ।

एलाइड ट्रेडलिंक इन्टरनेसनलका मार्केटिङ म्यानेजर राजेन्द्र रोक्काले भारतीय बजारमा राम्रो पकड भएको यो ब्राण्ड नेपालमा ल्याउन सफल भएको जिकिर गरेका छन ।

प्रतिक्रिया