आठ वर्षदेखि ओछ्यानमै लालसरी

रोल्पा । जिल्लाकोे माडी गाउँपालिका–२ घर्ती गाउँ पारिवाङकी लालसरी घर्तीमगर बिरामी भएर थला परेको आठ वर्ष भयो । नौ वर्षको उमेरमै दुवै खुट्टा चल्न छाडेपछि कक्षा ३ मा पढ्दै गरेकी उनको पढाइमा विश्राम लाग्यो । अहिले उनी १७ वर्षकी भइन् ।
ऋमा भीमकुमारी घर्तीमगरको मृत्यु भएको चार वर्ष भयो । अपांगता भएको बुवाको दुवै खुट्टाले राम्रोसँग काम गर्दैन । घरमा १४ वर्षकी विपना र नौ वर्षकी दीपा दुई अवोध बहिनी र ८१ वर्षीया हजुरआमा नौला घर्तीमगर मात्रै छिन् । दुई दिदीको विवाह भएर गएपछि त उनको स्याहार गर्ने परिवारका सदस्य नै छैनन् ।

दुवै खुट्टा नचल्ने उनको अचेल कम्मर मुनिको भाग नै चल्दैन । दायाँ खुट्टामा ठूलठूला घाउ आएको छ । घाउ पाकेर पीप चुहिन्छ । चौबिसै घण्टा पिसाब चुहिन्छ । उनलाई एक ठाउँबाट अर्को ठाउँ सार्दा साहारा चाहिन्छ । आमा छँदा आमाले र आमाको मृत्युपछि सानीआमाले उनको उपचारका लागि दाङको गोरखा अस्पताल, काठमाडौंको बालकान्ति अस्पताल र टिचिङ अस्पताल, काभ्रे बनेपाको शिर मेमोरियल अस्पताल पु¥याए । तर घरको आर्थिक अवस्था कमजोर भएकी उनलाई पैसा अभावले राम्रो उपचार हुन पाएन । अस्पतालको धान्नै नसकिने शुल्क । सहयोग उठाएको दुई÷चार पैसा र ऋण गरेको पैसाले कहाँ धान्थ्यो र । ऋण धेरै भएपछि सात लाख मूल्यमा खेत पनि बेच्यो उनको परिवारले । उपचार गर्दा विभिन्न व्यक्तिबाट लिएको ऋण तिर्न पुगेन खेत बेचेको पैसा ।

‘पैसा हुनेका लागि मात्रै हो अस्पताल गरिब दुःखीलाई हेर्दैनन् ।’ भीमकुमारीको स्याहार गर्दै आएकी विर्षना घर्तीमगरले भनिन्, ‘ टिचिङ अस्पतालमा त भर्ना शुल्क नै ४५ हजार माग्यो त्यो पैसा कहाँबाट दिने ।’ घर अगाडि तीन महिना खान नपुग्ने पाखो बारीबाहेक उनको परिवारसँग अर्थोक केही छैन । साँझ बिहानको हातमुख जोर्न समस्या छ । अहिलेसम्म सानीआमाले चामल, मकै, दालको जोहो गरिदिएकी छिन् । अहिलेसम्म जसोतसो साँझ बिहान खाने जोहो गर्दै आएको छु, आफ्नै परिवार पाल्नहम्मे हम्मे परेको मलाई लामो समयसम्म सहयोग गर्नसक्ने हैसियत छैन बिरामीकी सानीआमा विर्षना घर्तीमगरले भनिन् ।

‘छोरा अपांग, बुहारीको स्वर्गबास, अपांग साइली नातिनी लामो समयसम्म बिरामी, काइली र कान्छी दुई÷दुई नातिनी अबोध म कसरी संरक्षण गरुँ,’ ८१ वर्षीया नौला घर्तीमगरले भक्कानिँदै भनिन्, ‘मेरो परिवारमा यति धेरै पीडा एक्लै कसरी सामना गरुँ ।’

प्रतिक्रिया