ओली सरकारमा जस्तो त्रास अहिले छैन : प्रधानमन्त्री देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले ओली सरकारको बेलामा मुलुकमा त्रास भएको र अहिले त्यो मुक्त भएको बताएका छन् ।

सत्ता गठबन्धनको चुनावी अभियानअन्तर्गत शुक्रबार राजधानीमा ओजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।राजधानीमा महिल उम्मेदवार उठाएर गठबन्धनले सम्मान गरेको र पुरुषको भन्दा बढी काम गरेर देखाउन सक्ने देउवाले बताए ।

प्रधानमन्त्री देउवाले सिर्जना सिंहले जितेको खण्डमा ६ महिनाभित्र फोहोर टुंगो लाग्ने बताए । उनले गठबन्धनका उम्मेदवारलाई जिताएर प्रतिगमनलाई पररास्त गर्न पनि आग्रह गरे । साथै, देउवाले आफ्नै पार्टीभित्र गठबन्धनको विषयमा बखेडा झिकिरहेको बताए । प्रधानमन्त्री देउवाले गठबन्धनमार्फत चुनाव लड्न खोज्दा आफ्नै पार्टीभित्रका केहीले बखेडा झिकिरहेको बताए ।

‘मलाई पार्टी सभापति बनाएर सर्वाधिकार दिएका छन्, केन्द्रीय सदस्यको बहुमतले पनि गठबन्धन गर्ने कुरामा सहमति जनाएको हो, अहिले किन गठबन्धन चाहिँदैन भनिरहेका छन्, हाम्रै साथीहरूले बखेडा झिकिरहेका छन्,’ देउवाले भने ।

काठमाडौं महानगर र चितवन महानगरमा महिला नै उम्मेदवार उठेको भन्दै उनीहरूलाई हराउने काम नगर्न सबैमा अनुरोध गरे । ‘काठमाडौंमा सिर्जना सिंहलाई हरायो भने दुनियाँले के भन्छ ? चितवनमा रेणु दाहाललाई हरायो भने विश्वले के भन्छन् ? त्यसैले सबै मिलेर उनीहरूलाई जिताउनुपर्छ,’ देउवाले भने ।

सृजना सिंहका आमा बुबाले बिहे गरेर प्रकाशमान सिंहलाई दिएको भन्दै त्यसमा विरोध गर्ने काम बन्द गर्न सबैमा अनुरोध गरे ।

आफ्नो मन नहुँदा नहुँदै प्रधानमन्त्री बनाइएको स्मरण गराउँदै अहिले आएर धेरै निहूँ खोज्ने काम भइरहेको बताए । अहिलेको अवस्थामा कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने भन्दै गठबन्धनअनुसार नै अगाडि बढ्नुपर्ने उनले बताए ।

काठमाडौंमा सिर्जनालाई मेयरमा उठाउँदा प्रकाशमान सिंह डराएको भन्दै आफूले नै टिकट दिनुपर्छ भन्दै अगाडि बढेको बताए । चितवनमा रेणुलाई टिकट दिँदा छोरीलाई टिकट दियो भन्ने गुनासो आउने गरेको भन्दै उनले भने, ‘रेणुलाई टिकट नदिउँ भन्दै हुनुहुन्थ्यो प्रचण्डजी त, तर मैले राम्रो काम गरेकोलाई किन हटाउने भनेर मेरै करकापले टिकट पाएकी हुन् ।’

प्रतिक्रिया