चौधरी ग्रुपका माइडिया बजारमा

काठमाडौं । चौधरी ग्रुपले विश्वप्रसिद्ध इलेक्ट्रोनिक्स ब्रान्ड माइडिया नेपाली बजारमा ल्याएको छ । ग्रपका अनुसार कम्पनीले माइडिया ब्रान्डका नयाँ उत्पादन मार्फत प्रतिस्पर्धात्मक वातावरणा सिर्जना गर्न र बजारको मागलाई सम्बोधन गर्न सहयोग गर्नेछ ।

दुई पक्षबीचको सहयकार्य स्थानीय बजारका साथै नेपाली इलेक्ट्रोनिक्स क्षेत्रको विकासमा सहयोग पुग्ने कम्पनीको विश्वास छ । माइडिया ब्रान्डका साना घरेलु उपकरणहरू, एयर प्युरिफायर, एयर फ्रायर, इलेक्ट्रिक प्रेसर कुकर, इन्डक्सन हब, राइस कुकर, गार्मेन्ट स्टिमर, स्ट्यान्ड फ्यानलगायत सामान नेपाली बजारमा बिक्री भैरहेको छ ।

प्रतिक्रिया