मंगलम पाइप्सद्वारा मायाको चिनो प्रदान

काठमाडौँ । मंगलम इण्डस्ट्रिज प्रालिले आ.व.२०७७÷७८ को अन्त्य सँगै भैरहवा स्थित कारखानामा सेल्स रिभ्यु कार्यकममा कर्मचारीहरुलाई मायानको चिनो प्रदान गरेको छ । सो अवसरमा पाईप्सले उद्योग स्थापनाको शुरुवाती चरणदेखि नै कार्यरत कर्मचारीहरुलाई मायाको चिनो र प्रशंसा–पत्र वितरण गरेको हो ।

उद्योगका प्रबन्ध निर्देशक अभिनव चुरिवालले सबै कर्मचारीलाई प्रत्यक्ष रुपमा भेटेर अन्तरक्रिया गर्नुको साथै प्रगतिको लागि हौसला पनि प्रदान गरेका थिए । मंगलम उद्योगका प्रबन्धक निर्देशक चुरिवालले भने,‘ हाम्रो शुरुवाती दिनदेखि नै हामीसँग जोडिएर, सुख–दुःखमा पनि सँगै रहेर यो स्थानसम्म हामी आइपुगेका छौँ, यो सबै यहाँहरुकै टेवा हो । एक जनाको मात्र प्रयास र मेहनतले यो कदापी सम्भव थिएन ।

यहाँहरु सँग बसेर अन्तरक्रिया गर्दा निकै खुशी मिलेको छ । मंगलम ग्रुपलाई यो उचाईसम्म पुर्याएकोमा आभार प्रकट गर्दे आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दछु ।’
आफ्ना कर्मचारीलाई उनीहरुको समय र परिश्रमको लागि धन्यवाद दिन तथा भविष्यमा अझै उत्पादकत्व बढाउन र कर्मचारीलाई हौसला दिनको लागि पनि यस्ता कार्यक्रम समय समयमा आयोजना गरिरहने उद्योगका व्यवस्थापक भाइस प्रेसिडेन्ट प्रदिप शुक्लाले जनाएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया