चौधरीको जन्म–शताब्दी विशेष समारोह

काठमाडौ । नेपालकै प्रतिष्ठित औद्योगिक घराना चौधरी ग्रुपका संस्थापक स्व. लुनकरण दास चौधरीको ‘जन्म–शताब्दी विशेष समारोह’ सम्पन्न भएको छ । आइतबार थापाथलीस्थित बिएलसी होल्डिङ्स परिसरमा उनको जन्म–शताब्दी विशेष समारोह आयोजना गरिएको हो ।

बिएलसी होल्डिङ्स प्रालि, बसन्त चौधरी फाउण्डेसन, नर्भिक इन्टरनेशनल हस्पिटल र लूनकरण दास गंगादेवी चौधरी साहित्यकला मन्दिरको संयुक्त आयोजनामा लूनकरणदास चौधरीको जन्मिएको १ सय वर्ष भएको दिनलाई विशेष रुपमा सम्झिने प्रयास स्वरुप कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा स्व. लुनकरण दास चौधरीलाई जीवनको अन्तिम अवस्थासम्म स्याहारसुसार गर्ने कार्यमा खटिएका ३ जना सहायकहरु राम ढुंगाना, आलोक रजक र सुनिल गुरुङलाई विशेष सम्मान गरिएको थियो । कार्यक्रममा ‘कर्मयोगी लुनकरण दास चौधरी जन्म–शताब्दी विशेष’ नामक पुस्तिका चौधरीका छोरा–छोरी, बुहारी, ज्वाइँ तथा परिवारका अन्य सदस्यहरूले संयुक्त रुपमा विमोचन गरे। कार्यक्रममा स्व. चौधरीको जीवन संघर्ष झल्किने १५ मिनेटको भिडिओ सामाग्री समेत प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया