सिन्धुलीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ७ घाइते

सिन्धुली । सिन्धुलीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । सिन्धुलीमाडीबाट चकमकेतर्फ जाँदै गरेको जिप तीनपाटन गाउँपालिका-५ नक्कलेमा वाग्मती प्रदेश ०१०२ च ०४५ नम्बरको जिप दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा ‍तीनपाटन गाउँपालिका-९ का ४५ वर्षीय तुलसीराम पहाडी, ५१ वर्षीय रामजीप्रसाद भण्डारी र कमलामाई नगरपालिका ७ का ३० वर्षीया रुपा मगर रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोजकुमार लामाले जानकारी दिए । प्रहरीका अनुसार दुर्घटनामा ७ जना घाइते भएका छन् । स्थानीय बेलघारी स्वास्थ्य चौकीमा घाइतेको उपचार भइरहेको छ ।

प्रतिक्रिया