बकैयामा माओवादीका उम्मेदवार माझीले लिइन् उम्मेदवारी फिर्ता

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाको अध्यक्षका लागि नेकपा माओवादीबाट उम्मेदवारी दिएकी लक्ष्मीमाया माझी (कृपा) ले उम्मेदवारी फिर्ता लिएकी छन् ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरूलाई सघाउन उम्मेदवारी फिर्ता लिएको उनले बताएकी छन् ।

गठबन्धनको निर्णयअनुसार बकैयाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार धर्मराज लामिछानेलाई माओवादीले सघाउँदा उपाध्यक्षमा माओवादीका उम्मेदवार भक्तबहादुर खत्रीलाई कांग्रेसले सघाउनेछ ।

प्रतिक्रिया