चितवनमा उम्मेदवारी फिर्ता नगर्ने पौडेलेको अडान

काठमाडौं । नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले आफुले कुनै हालतमा चितवनको मेयरमा उम्मेदवारी फिर्ता नगर्ने अडान दाहोर्याएका छन् ।

शुक्रबार बिहान चितवनको पिपल चोकस्थित आफ्नै निवासमा आफन्त तथा शुभचिन्तकहरुसँग कुरा गर्दै उनले यस्तो अडान दोहोर्याएका हुन् ।

पौडले निवासमा शुक्रबार खचााच जम्मा भएका शुभचिन्तक माझ पौडेलले भने, ‘मैले कांग्रेसविरुद्ध बागी उम्मेदवारी दिएको होइन, कांग्रेसको उम्मेदवार भएको हुँं, किन कि चितवनको मेयरमा कांग्रेसको उम्मेदवार म मात्रै हूँ ।’

गृहमन्त्री बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठले उम्मेदवारी फिर्ता लिन गरेको आग्रह आफूले अस्विकार गरेको उनले बताए । ‘उहाँहरु कांग्रेसभन्दा माथि होइन, मैले कांग्रेसको पक्षमा उम्मेदवारी दिएको हुँ’, पौडेलले भने ।

बिहीबार गृहमन्त्री खाँण र राज्यमन्त्री श्रेष्ठले उनका समर्थक कृष्णप्रसाद सापकोटा र समर्थन मीन खरेललाई समेत फिर्ता लिन आग्रह गरे पनि उनीहरुले अस्विकार गरेका थिए । सापकोटा कांग्रेसका तर्फबाट पूर्व जिविस सभापति र खरेल समाजिक कार्यकर्ता हुन् ।

प्रतिक्रिया