पाँचथरमा अनलाईन सूचिकृतसहित रातो परिचयपत्र हस्तान्तरण

पाँचथर । सूचना तथा प्रसारण विभागले फिदिममा शिविर सञ्चालन गरि पत्रकारहरुको अनलाईन सूचिकृतसहित परिचयपत्र हस्तान्तरण गरेको छ।

शिविरबाट ८२ जना पत्रकारले रातो कार्ड, अनलाईन, परिचयपत्र, रिन्युसमेत विभागले सूचिकृत गरिएको हो । दुई दिन सञ्चालन भएको शिविरमा पाँचथर, ताप्लेजुङ, तेह्रथुम जिल्लाका पत्रकारहरुले भाग लिएका थिए । नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत शिविर सञ्चालन गरिएको थियो ।

शिविरले प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाईन सञ्चार माध्यमसम्बन्धि लगायतका कार्यक्रम गरेको हो । पत्रकार महासंघले यस्तो तालिमले क्षमता वृद्धि विकास गर्न कार्य गर्दै आइरहेको छ ।

सूचिकृत गराउन विभागका निर्देशक भरत गौतमसहितको टोली फिदिम आएका थिए । उक्त शिविरमा ३१ जना पत्रकारले परिचयपत्र, कार्ड रिन्यु गरेका छन् । शिविरबाट मापदण्डअनुसार स्वतन्त्र पत्रकारको प्रेस पास कान्तिपुरका पत्रकार लक्ष्मी गौतमलाई उपलब्ध गराइएको छ ।

त्यस्तै पत्रकार युधिष्ठिरराज आमगाइको शक्तिपोष्ट डटकम, पत्रकार रविन्द्र काफ्लेको मेची पोष्ट डटकम लगायतका अनलाईन र परिचयपत्र सूचिकृत गरि विभाले हस्तान्तरण गरेको छ । सो शिविरमा अवसर दिलाएको नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष गिरिराज बाँस्कोटाले जानकारी दिए ।

प्रतिक्रिया