माछापुच्छ्रे बैंकका ग्राहकलाई शुन्य ब्याजमा ओकिनावा स्कुटर

काठमाडौ । माछापुच्छ्रे बैंकका ग्राहकले ओकिनावा स्कुटर शून्य प्रतिशत ईएमआईमा पाउने भएका छन । बैंकले विद्युतीय सवारीसाधानको प्रयोगलाई प्राथामिकता दिर्दै आफ्ना ग्राहकको लागि ओकिनावा ब्रान्डको इलेक्ट्रोनिक स्कुटर शून्य प्रतिशत ईएमआईमा पाउने व्यवस्था गरेको हो ।

उक्त ब्रान्डको स्कुटर खरिदमा लाग्ने किस्तामा ब्याज नलाग्ने बैकले जनाएको छ । बैंकले बीएचसी इन्टरनेशनल प्रालिसँग सम्झौता गरी बैंकको इन्स्टापे सुविधामार्फत इलेक्ट्रोनिक ओकिनावा स्कुटरमा शून्य प्रतिशत ईएमआईमा पाउने व्यवस्था गरेको जनाएको छ ।

सम्झौतापत्रमा कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक हासिम अन्सारी तथा बैेंकको तर्फबाट प्रमुख व्यवसाय अधिकृत डिल्लीराम गिरीले हस्ताक्षर गरेका छन । पेट्रोलियम पदार्थको खपत बढिरहेको र आयात कम भइरहेको अहिलेको परिवेशमा विद्मुतीय सवारी साधानको प्रयोगमा जोड दिने उद्देश्य एंव वतावरण संरक्षणमा टेवा पु¥याउने उद्धेश्यका साथ बैंकले उक्त सुविधा सञ्चालनमा ल्याएको पनि उल्लेख छ ।

प्रतिक्रिया