काभ्रेमा तीन पदमा एकल उम्मेदवारी, दाबी नपरे एमालेले खाता खाेल्ने

काभ्रे । काभ्रेमा तीन जना दलित महिला सदस्य पदकालागि एकल उम्मेदवारी परेको छ । काभ्रेको धुलिखेल नगरपालिका र खानीखोला गाउँपालिकाको तीनवटा वडामा एकल उम्मेदवारी परेको हो । धुलिखेल नगरपालिकाको वडा नम्बर ६ मा दलित महिला सदस्य पदमा उठेकी नेकपा एमालेकी उम्मेदवार पार्वती विश्वकर्मा एक जनाको मात्र मनोनयन परेको निर्वाचन कार्यालयले जनाएको छ ।

यसैगरी काभ्रेको खानीखोला गाउँपालिका वडा नं। १ र २ मा पनि दलित महिला सदस्य पदमा एकल उम्मेदवारी परेको हो । एकल उम्मेदवारी परेकाहरूमा क्रमशः मसली विक र भगवती विश्वकर्मा रहेका छन् । उनीहरू दुवै जना पनि नेकपा एमालेकोतर्फबाट उम्मेदवारी दिएका थिए । उनीहरूको विजयको औपचारिक घोषणा हुन् भने बाँकी नै छ । उनीहरूमाथि कसैको दाबी विरोध नपरे निर्विरोध निर्वाचित हुनेछन् ।

प्रतिक्रिया