शर्मा र गिरीलाई हरितारा सम्मान

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा योगदान दिएको भन्दै अभिनेत्री मिथिला शर्मा र रंगपत्रकार विदुर गिरीलाई सम्मान एवं पुरस्कृत गरिने भएको छ । हरितारा चलचित्र पुरस्कारका संरक्षक मनोज शम्सेर जबराको अध्यक्षतामा बसेको बैठकले अभिनेत्री शर्मा र रंगपत्रकार गिरीलाई क्रमशः २०७७ र २०७८ सालको ‘हरितारा चलचित्र पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको हो । चार दशकभन्दा लामो समयदेखि नेपाली चलचित्रमा निरन्तर सक्रिय रही योगदान दिएकाले शर्मालाई सम्मान गर्न लागिएको जनाइएको छ । संस्थाले जारी गरेको विज्ञप्ति अनुसार क्षेत्रको उत्थान, संरक्षण र पेशाकर्मीको हक हितका साथै नेपाली कला संस्कृति, रंगमञ्च एवं नेपालको गौरव देश विदेशमा पु¥याउन महत्वपूर्ण योगदान गरेकाले अभिनेत्री शर्मालाई सम्मान प्रदान गर्न लागिएको हो । यस्तै, तीन दशकभन्दा लामो समयदेखि पत्रकारिताबाट नेपाली कला संस्कृति, चलचित्र क्षेत्रको प्रवद्र्धन र पेशाकर्मीको हकहितका लागि योगदानको भन्दै पत्रकार गिरीलाई पुरस्कार प्रदान गर्न लागिएको हो । २५ हजार राशी रहेको यो पुरस्कार २०५२ सालमा समाजसेवी श्रीमती विजया राणा (तारा नानी) ले आफू र आफ्ना पति हरि शम्सेरको नाममा अक्षय कोष राखी स्थापना गरिएको थियो । यो पुरस्कार चलचित्र क्षेत्रकै पहिलो हो ।

यस्तै, ‘दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार’ अभिनेता विनोद श्रेष्ठ र चलचित्र प्राविधिक मनोज केसीलाई प्रदान गरिने भएको छ । १० हजार पुरस्कार राशी रहेको उक्त पुरस्कार परिवर्तन नेपालको शुक्रबार बसेको बैठकले श्रेष्ठ र केसीलाई दिने निर्णय गरेको हो । साथै सोही बैठकले चलचित्र क्षेत्रमा विशेष योगदान पु¥याएको भन्दै निर्देशक मदन घिमिरे, निर्माता÷निर्देशक ज्ञानेन्द्र देउजा, अभिनेता श्रीदेव भट्टराई, लेखक÷निर्माता मौनता श्रेष्ठ, अभिनेता राजकुमार शाहलाई ‘परिवर्तन नेपाल विशेष सम्मान’ गर्ने निर्णय गरेको छ । यसैगरी, सुरुका दिनमा परिवर्तन नेपालसँग आवद्ध भई आ–आफ्नो क्षेत्रमा योगदान पुयाएका चरित्र अभिनेत्री शारदा गिरी (काली बुढी), निर्देशक जनक खकुरेल, निर्देशक देवेन्द्र पाण्डे, मोडल दिपाशा विसी, खेलाडी/कलाकार नन्दा बस्याल, रंगकर्मी मञ्जु निरौला, रंगकर्मी रजनी अर्याल, रंगकर्मी रेणु पौडेललाई समेत परिवर्तन सम्मान प्रदान गरिने भएको छ ।

त्यस्तै, परिवर्तन नेपालले गीतकार÷लेखक÷निर्देशक तथा सस्कृतिकविद् स्वः चेतन कार्कीको स्मृतिमा पुरस्कार स्थापना गर्ने निर्णय जनाएको छ । सो पुरस्कारबाट निर्देशक÷अभिनेता देशभक्त खनाल ‘परिवर्तन पत्रकारिता विशेष सम्मान’ सञ्चारकर्मी दिनेश सिटौलालाई लाई सम्मानित गरिने भएको छ । पुरस्कार तथा सम्मानको सिफारिस मोहन निरौला, गीतकार तथा डिजाइनर सुन्दर श्रेष्ठ र सञ्चारकर्मी÷गीतकार शान्तिप्रिय रहेको समितिले गरेको हो । यसअघि हरितारा चलचित्र पुरस्कारबाट मह जोडी, शिव श्रेष्ठ, विश्व बस्नेत, रवीन्द्र खड्का, रमेश बुढाथोकी, भुवन थापा, सुनिल थापा, दिनेश डिसी, करिश्मा मानन्धर, शर्मिला मल्ल, रेखा थापा कृष्ण मल्ल, मदनदास श्रेष्ठ लगायतका कलाकारलाई प्रदान गरिसकिएको छ । यस्तै, दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार उत्तम केसी, सुभाष गजुरेल, सपना श्रेष्ठ लगायतका कलाकारलाई प्रदान गरिसकिएको छ । यी सम्मान तथा पुरस्कार जेठको दोस्रो हप्ता प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया