स्थानीय निर्वाचन : पर्वतमा काे काे छन् चुनावी मैदानमा ?

पर्वत । कुश्मा नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट निवर्तमान नगरप्रमुख रामचन्द्र जोशीलाई पार्टीले उम्मेदवार बनाएको छ । पाँच राजनीतिक दलसंग गठबन्धन गरेको कांग्रेसले उपमेयर भने नेकपा माओबादीलाई दिएको हो । माओबादीको तर्फबाट नगर अध्यक्ष शंकर गिरी उपमेयरका उम्मेदवार भएका छन् । एमालेले भने कुश्मामा नयाँ अनुहार सिफारिस गरेको छ ।

यसअघि ०५६ र ०६४ का संघिय सासदमा पराजित गणेश पौडेल नगरप्रमुख र होटल व्यवसायी स्वस्थानी रिजाललाई उपप्रमुखमा एमालेले अघि सारेको छ । फलेवास नगरपालिकामा एमालेले निवर्तमान नगरप्रमुख एवं पार्टी उपाध्यक्ष पदमपाणी शर्मालाई उम्मेदवार बनाउँदा कांग्रेसले अघिल्लो निर्वाचनमा शर्मासंगै झिनो मतले पराजित गंगाधर तिवारीलाई अघि सारेको छ । उपप्रमुखमा एमालेले निवर्तमान उपप्रमुख मञ्जु अधिकारी र गठबन्धनको तर्फबाट माओबादीकी शोभा क्षेत्री चुनावी मैदानमा उत्रिने भएकि छिन् । गठबन्धनको तर्फबाट जलजला गाउँपालिकामा अध्यक्षमा कांग्रेसका राजु आचार्य र माओबादीका दिपक आचार्य उम्मेदवार बनेका छन् । एमालेले जलजलामा अध्यक्ष लालबहादुर अधिकारी र उपाध्यक्ष सुनिता जिसीलाई सिफारिस गरेको छ ।

मोदी गाउँपालिकाको अध्यक्षमा एमालेले हिरादेवी शर्मा र उपाध्यक्षमा विमल लामिछानेलाई उम्मेदवार बनाएको छ । शर्मा नयाँ अनुहार हुन् भने लामिछाने वडा नम्बर ६ तिलाहारका वडाध्यक्ष हुन् । गठबन्धनको तर्फबाट मोदीमा माओबादीका केन्द्रिय सदस्य गुप्त हमाल अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका रामबहादुर प्रसाई (जिवन) लाई उम्मेदवार बनाएको छ ।

बिहादी गाउँपालिकामा एमालेले ओमप्रसाद कुंवरलाई अध्यक्ष र मिना तिवारीलाई उपाध्यक्ष बनाउँदा गठबन्धनले कांग्रेसका प्रविण गुरुङलाई अध्यक्ष र माओबादीका सुबिन गुरुङलाई उपाध्यक्षमा सिफरिस गरेको छ । पैयुँ गाउपालिकामा एमालेले महेन्द्र श्रेष्ठ अध्यक्ष र यामकुमारी रानालाई उपाध्यक्षको टिकट दिंदा गठबन्धनले कांग्रेसका राज मल्ललाई अध्यक्ष र कांग्रेसकै जानकी प्रधानलाई उपाध्यक्षमा सिफारिस गरेको छ । महाशिलामा एमालेले इश्वरीप्रसाद भुषाललाई अध्यक्ष र सुधा बिकलाई उपाध्यक्षमा सिफारिस गरेको छ । गठबन्धनको तर्फबाट महाशिलामा अध्यक्षमा कांग्रेसका अशोक उचै ठकुरी र उपाध्यक्षमा नेकपा समाजबादीका बिराज हमाल चुनावी मैदानमा छन् ।

माओबादीको तर्फबाट नगर अध्यक्ष शंकर गिरी उपमेयरका उम्मेदवार भएका छन् । एमालेले भने कुश्मामा नयाँ अनुहार सिफरिस गरेको छ । एमालेमा गणेश पौडेल नगरप्रमुख र होटल व्यवसायी स्वस्थानी रिजाललाई उपप्रमुखमा एमालेले अघि सारेको छ । फलेवास नगरपालिकामा एमालेले निवर्तमान नगरप्रमुख एवं पार्टी उपाध्यक्ष पदमपाणी शर्मालाई उम्मेदवार बनाउँदा कांग्रेसले अघिल्लो निर्वाचनमा शर्मासंगै किनो मतले पराजित गंगाधर तिवारीलाई अघि सारेको छ ।

उपप्रमुखमा एमालेले निवर्तमान उपप्रमुख मञ्जु अधिकारी र गठबन्धनको तर्फबाट माओबादीकी शोभा क्षेत्री चुनावी मैदानमा उत्रिने भएकि छिन् । गठबन्धनको तर्फबाट जलजला गाउँपालिकामा अध्यक्षमा कांग्रेसका राजु आचार्य र माओबादीका दिपक आचार्य उम्मेदवार बनेका छन् । एमालेले जलजलामा अध्यक्ष लालबहादुर अधिकारी र उपाध्यक्ष सुनिता जिसीलाई सिफारिस गरेको छ ।

मोदी गाउँपालिकाको अध्यक्षमा एमालेले हिरादेवी शर्मा र उपाध्यक्षमा विमल लामिछानेलाई उम्मेदवार बनाएको छ । शर्मा नयाँ अनुहार हुन् भने लामिछाने वडा नम्बर ६ तिलाहारका वडाध्यक्ष हुन् । गठबन्धनको तर्फबाट मोदीमा माओबादीका केन्द्रीय सदस्य गुप्त हमाल अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका रामबहादुर प्रसाई (जिवन) लाई टिकट दिएको छ ।

बिहादी गाउँपालिकामा एमालेले ओमप्रसाद कंवरलाई अध्यक्ष र मिना तिवारीलाई उपाध्यक्ष बनाउँदा गठबन्धनले कांग्रेसका प्रविण गुरुङलाई अध्यक्ष र माओबादीका सुबिन गुरुङलाई उपाध्यक्षमा सिफरिस गरेको छ । पैयुँ गाउपालिकामा एमालेले महेन्द्र श्रेष्ठ अध्यक्ष र यामकुमारी रानालाई उपाध्यक्षको टिकट दिंदा गठबन्धनले कांग्रेसका राज मल्ललाई अध्यक्ष र कांग्रेसकै जानकी प्रधानलाई उपाध्यक्षमा सिफारिस गरेको छ ।

महाशिलामा एमालेले इश्वरीप्रसाद भुषाललाई अध्यक्ष र सुधा बिकलाई उपाध्यक्षमा सिफारिस गरेको छ । गठबन्धनको तर्फबाट महाशिलामा कांग्रेसका अशोक उचै ठकुरी र उपाध्यक्षमा नेकपा समाजबादीका बिराज हमाल चुनावी मैदानमा छन् ।

प्रतिक्रिया