काठमाडौंको मेयरमा कांग्रेसबाट सिर्जना सिंह उम्मेदवार

काठमाडौं । काठमाडाैं महानगरपालिकाकाे मेयरमा नेपाली कांग्रेसले सिर्जना सिंह उम्मेदवार बनाउने निर्णय गरेको हाे । आइतबार बसेको संसदीय समितिको बैठकले उम्मेदवार छान्ने जिम्मा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको थियो ।

सिर्जना दिउँसो १ बजे शान्तिबाटिकामा जम्मा भएर उम्मेदवारी दर्ता गर्न राष्ट्रिय सभागृह पुग्ने तयारीमा छन् । नेतृ सिंह प्रकाशमान सिंहकी पत्नी हुन् । सत्ता गठबन्धनले काठमाडौंको मेयर कांग्रेसलाई भाग लगाएको छ ।

प्रतिक्रिया