गठबन्धनले पाँच दलबाहिर तालमेल नगर्ने

काठमाडौं । सत्ता गठबन्धनले पाँच दलबाहिर चुनावी तालमेल नगर्ने निर्णय गरेको छ । आइतबार साँझ बालुवाटारमा बसेको बैठकले विगतका सम्झौतालाई कार्यान्वन गरेर चुनावी तालमेल गर्ने निर्णय गरेको हो । बैठकले सोमबारसम्म मनोनयनअघि बाँडफाँटको अधिकतम प्रयास गर्ने पनि निर्णय गरेको छ ।

बैठकले गरेका निर्णयहरू :
१. पाँच दल बाहिर तालमेल नगर्ने,
२. भोलि मनोनयन अघिसम्म बाँडफाड मिलाउन अधिक्तम कोसिस गर्ने,
३. भोलि बिहान ८ बजे अध्यक्षहरू बसेर बाँकी मिलाउने,
४. विगत समझदारीलाई सबै पक्षले इमान्दारी साथ पालना गर्ने ।

प्रतिक्रिया