घरमा आगालागी हुँदा १३ लाखभन्दा बढीको क्षति

पर्वत । पर्वतको सदरमुकाम कुश्मा बजारको एक घरमा आगलागी हुँदा १३ लाखभन्दा बढीको क्षति भएको छ । बिहीबार बिहान करिव ११ः१५ बजेतिर भएको आगालागीबाट स्थानीय लक्ष्मी श्रेष्ठको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

विद्युत् सटका कारण आगलागी भएको अनुमान गरिए पनि अझै पत्ता लागिनसकेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रकाश राउतले जानकारी दिए । करिव एक घण्टापछि स्थानीयवासी तथा प्रहरी र सशस्त्र प्रहरीको टोलीको पहलमा आगो नियन्त्रणमा आएको हो ।

आगो नियन्त्रणका लागि कुश्मा नगरपालिका र छिमेकी जिल्ला बाग्लुङको बाग्लुङ नगरपालिकाबाट वारुण यन्त्र मगाइएको थियो । आगो समयमा नियन्त्रण भएका कारण थप क्षति र अन्य घरमा सल्किन पाएको थिएन ।

आगलागीमा ३ लाख नगद, १० तोला सुन, २० तोला चाँदीलगायतका सम्पति नष्ट भएको पीडितले बतएका छन । आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जानाकारी दिएको छ । सो घरमा टेलरिङक पसल सञ्चालनमा थियो ।

प्रतिक्रिया