‘माया बिछट्टै’ को भिडियोमा जिम्बे र लक्ष्मीको रोमान्स

काठमाडौं । गीतकार तथा मोडल जिम्बे राईको नयाँ गीत ‘माया बिछट्टै’ को भिडियो सार्वजनिक भएको छ । राईकै शब्द सिर्जनामा तयार पारिएको माया बिछट्टै बोलको गीतमा गायक प्रताप दास र गायिका प्रविशा अधिकारीको आवाज रहेको छ ।

गीतमा संगीतकार ऋषि खड्काको संगीत सृजना छ भने विशाल निरौलाको एरेन्ज छ । भिडियोमा मोडल राईसँगै अभिनेत्री लक्ष्मी बर्देवाका अभिनय देख्न सकिन्छ ।

रंगमञ्चबाट आएकी अभिनेत्री लक्ष्मी र टिकटकबाट आएकी मोडल राईको माध्यमबाट निर्देशक बिक्रम चौहानले एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कहानीलाई देखाएका छन् । सार्वजनिक गीतमा प्रकाश खड्काको छायांकन तथा मिलन विश्वकर्माको सम्पादन छ ।

प्रतिक्रिया