पर्सा । आगामी निर्वाचनमा कुन पार्टीबाट को उम्मेदवार बन्ने, कस्तालाई भोट दिने भन्नेबारे अहिले जताततै चर्चाको विषय बनेको छ । खास गरि कुन पार्टीले कस्ता व्यक्तिलाई उम्मेदवार बनाउलान् भन्ने विषयमा सबैका लागि चासोको विषय बनेको छ ।
स्थानीय तहको निर्वाचन अगामी बैशाख ३० गते गर्ने घोषणा भएसँगै चुनावी चहलपहलअन्तर्गत पर्साको सखुवा प्रसौनी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी, नेपालको तर्फबाट युवा नेता शिवकुमार साहले सम्भावित उम्मेदवारीको दावी गरेका छन् । साह सम्भावित गाउँपालिका अध्यक्ष बन्ने विषय अहिले चर्चामा छ ।
गाउँपालिका उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यहरुको पदका लागि इच्छुक रहेका नेताहरूको नामावली तयारी भइरहेको छ । ‘आफ्नो नेतृत्वमा जनतासँग भेटघाघ ब्यापक छलफल, संगठन निर्माण तथा चुनावी चहलपहलमा व्यस्त रहेका छौँ’, साहले भने । वर्षौँदेखि मधेसी समुदाय उपर हुँदै आएको विभेदबाट आजित भइसकेका मधेसीलाई भेदभावबाट उन्मुक्ति दिलाउने सोचका साथ मधेस र मधेसीको हक अधिकारका लागि आवाज उठाउनुपर्ने उनले बताए ।
उनी तत्कालिन सद्भावना पार्टीबाट सदस्यता लिई सद्भावना निकट विद्यार्थी मञ्चको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य हुँदै क्षेत्रीय अध्यक्षको भूमिका निर्वाह गर्दै राजपा नेपाल, समाजवादी पार्टी हुँदै जसपा नेपालसम्म सक्रिय राजनीतिमा भूमिका निर्वाह गरिरहेका छन् । पार्टीमा सक्रियता र योगदानकै आधारमा उनलाई समाजवादी युवा संघको मधेस प्रदेश समिति सदस्यको जिम्मेवारी दिइएको छ ।
साह विभेदकारी संविधान ल्याईएको भन्दै विभिन्न मधेसवादी दलहरुद्वारा गरिएको ६ महिने आन्दोलनमा समेत युवाहरुलाई एकत्रित गरेर आन्दोलनमा होमिएका थिए । उनी प्रहरीको लाठीचार्ज एवं गिरफ्तारिको शिकार पनि भएका थिए । मधेसीहरुको अधिकार सुनिश्चतताका लागि विभेदकारी संविधान संशोधन हुनुपर्ने माग गर्दै सडकमा युवाहरुको नेतृत्व गर्दै सक्रिय रुपमा साह सडकमा पनि उत्रिएका थिए ।
२०५१ बैशाख २७ गते जन्मिएका साहको बुवा साविक गाबिस लखनपुर– २ हाल परिवर्तित सखुवा प्रसौनी गाउँपालिका– ६ वडा लखनपुर बस्ने रघुनाथ साह तेली र आमा शुशिला देवी तेलिन हुन् । साहको जन्म एउटा किसानको घरमा भएको थियो । बाल्यकालदेखि नै समाजसेवाको सँगसँगै पढाईमासमेत ध्यान केन्द्रीय गरेका साहले जीवनमा धेरै उतार चढावलाई पार गर्दै बि. ए. मानविकी एवं समाज शास्त्रमा अध्ययन गर्न सफल भएका छन् ।
असल व्यक्तित्व, चरित्रवान तथा इमान्दारीताकै कारण जिल्ला कृषि सहकारी संघ पर्साका अध्यक्षको रुपमा कार्यरत रहेका छन् । उनी जिल्ला किसान समन्वय समिति पर्साका अध्यक्ष पदमासमेत कार्य गरिरहेका छन् ।
सामाजिक सेवाको भावले आफ्नो निजी लगानीबाट कोभिड– १९ प्रभावित अति विपन्न १५४ परिवारलाई खाद्यान्न, तरकारी र सरसफाईको लागि साबुन, मास्क आदि वितरणसँगै कुलो सरसफाई, बाटो मर्मत, विद्युत मर्मत, रक्तदान कार्यक्रम एवं विभिन्न जनचेतनामूलक कार्यक्रम पनि उनले गरेका छन् ।
असल नेतृत्व तथा स्वच्छ छवी भएका नेताको रुपमा आफ्नो व्यक्तित्व बनाउन सफल भएका साहले भने, ‘पार्टीले मलाई चुनावको लागि टिकट दियो भने म जिम्मेवारी बहन गर्न त्यार छु, जनताको माया, स्नेह र आशिर्वादले आफू इमान्दारीपूर्वक चुनावी प्रतिस्पर्धामा लागेर जितको साथै जनसेवकको रुपमा काम गर्न तयार रहेको छु ।’
प्रतिक्रिया