सुर्खेत । नेपाली कांग्रेसले रुकुम पश्चिममा एक बहालवाला प्रधााध्यापक (प्रअ) लाई गाउँपालिका अध्यक्षको उम्मेदवारमा सिफारिस गरेको छ ।
कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनका लागि हिमालय जनता माध्यमिक विद्यालयका प्रअ अमरसिंह खड्कालाई त्रिवेणी गाउँपालिका अध्यक्षको उम्मेदवारमा सिफारिस गरेको हो ।
खड्का २७ वर्षदेखि अध्यापनरत छन् । प्रावि द्वितीय तहमा कार्यरत खड्काले आफू राजीनामा लाग्ने तयारीमा रहेको जानकारी दिए । पार्टीले निर्णय गरेपछि मनोनयन अगावै राजीनामा दिने योजनामा रहेको खड्काले बताए ।
उपाध्यक्षको उम्मेदवारमा सृष्टि बाँठामगरलाई सिफारिस गरिएको कांग्रेस गाउँ कार्यसमिति सचिव सन्तोष ओलीले बताए ।
कांग्रेसले बाँफीकोट गाउँपालिको अध्यक्षमा जनकुमार बाँठा, उपाध्यक्षमा नन्दा केसी र सानीभेरी गाउँपालिका अध्यक्षमा गोरखप्रसाद चन्दको नाम सिफारिस गरिसकेको छ । यसअघिको निर्वाचनमा कांग्रेसले रुकुम पश्चिममाबाट कुनै पनि पालिका जितेको थिएन ।– हेमन्त केसी, न्युज कारखाना
प्रतिक्रिया