राजकुमार खड्का बने प्रथम नगर आइडलको विजेता

मुगु । राजकुमार खड्का प्रथम नगर आईडलको विजेता बनेका छन् । बिहीबार भएको फिनालेबाट राजकुमारले प्रथम नगर आइडलको टाइटल जित्न सफल भएका हुन् ।

७६ जना प्रतिस्पर्धीबाट आपूुलाई अब्बल साबित गर्दै विभिन्न राउन्ड पार गर्दै उत्कृष्ट ५ मा पुगेका राजकुमार दिपिका कार्की, मिलनकुमार बिसी, सुनकिसरा बिक र सुस्मा शाही मध्येबाट सबैभन्दा धेरै जनताको भोट प्राप्त गर्दै प्रथम नगर आइडल बन्न सफल भएका हुन् ।

यसैगरी फस्ट रनरअप दिपिका कार्की र सेकेन्ड रनरअप मिलनकुमार बिसि बन्न सफल भएका छन् । पश्चिमी संस्कृतिको विकाससँगै स्थानीय देउडा भाका लोप हुँदै जान थालेकाले स्थानीय देउडाको संरक्षण र सम्र्वधन गर्न छायाँनाथ रारा नगरपालिकाको आयोजनामा देउडा विधाको प्रथम नगर आइडल गत वर्षबाट सुरु भएका थियो ।

प्राचिक संस्कृतिलाई बचाइराख्न स्थानीय सरकारको पनि महत्वपूर्ण भूमिका हुने भएकाले छायाँनाथ रारा नगरपालिकाको आयोजनमा नगर आइडल सञ्चालन भएको जनाइएको छ । सामाजिक सञ्चालको बढ्दो विकाससँगै पुरानो संस्कृति नयाँ पुस्तामा हस्तान्तण हुन सकेको छैन ।

यस्ता कार्यक्रम मार्फत नयाँ पुस्तामा पुरानो संस्कृतिका बारेमा जानकारी हुनुका साथै पुराना लोक देउडा संस्कृतिकलाई संरक्षण तथा सम्बर्धन गर्न र बचाइराख्न प्रेरेरित हुने भएकाले यस कार्यक्रमको सुरुवाती गरेको छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख हरिजंग शाहीले बताए ।

 ३० हजार र गित रेकर्डको व्यवस्था

नगर आइडल २०७७ को विजेता हुनेलाई पोत्साहन स्वरुप ३० हजार पुरुस्कार प्रदान गरिएको छ । प्रथम हुने राजकुमार खड्कालाई ३० हजार नगद आर्कषक गिफ्टसहित सम्मान र गीत रेकर्डको व्यावस्था गरिएको छ ।

द्रोस्रो हुने दिपिका कार्कीलाई २० हजार, तेस्रो हुने मिलन बिसीलाई १० हजार तथा सान्त्वना हुने सुनकीसरा बिकलाई ५ हजार पुरस्कार प्रदान गरिएको छ ।

प्रतिक्रिया