घरघरमा धारा पाउँदा स्थानीय खुसी

दोलखा । जिल्लाको शैलुङ गाउँपालिकामा–४ मा ६३ वटा मिटरसहितको धारा निर्माण गरिएको छ । घरघरमै धारा पाएपछि स्थानीय खुसी भएका छन । खानेपानी आयोजना हस्तान्तरण कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय सभापति डबल पाण्डेले सबैको सहभागीताले नै आयोजना सप्पन्न भएको बताए । आयोजनाको विविध संरचना निर्माणमा सहयोग पु¥याउने स्थानियलाई धन्यवाद दिदै पाण्डेले अब आफ्नो धाराको संरक्षण आफैले गर्न उपभोक्तालाई आग्रह गरे ।

हस्तान्तरण कार्यक्रममा बोल्दै शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले स्वच्छ खानेपानी नै हाम्रो स्वस्थ जिन्दगानी रहेको बताए । धारा निर्माण गर्न सहयोग गर्ने संस्थाहरुलाइ धन्यवाद दिदै उनले गाउँपालिकाका सबै घरमा धारा पु¥याउने आफ्नो उदेश्य रहेको बताए । कार्यक्रममा सामुदायिक बिकास मन्चका अध्यक्ष राजु थापाले योजना सम्पन्न गर्न सहयोग गरेकोमा गाउँपालिकालाई धन्यवाद दिएका थिए । खानेपानी योजनाको संरक्षण गर्ने जिम्मा स्थानीयको रहेको बताउदै थापाले योजना निर्माणमा जग्गा दान लगायत विभिन्न सहयोग गर्नेलाई धन्यवाद दिए ।

जिम्बुखोला खानेपानी तथा सरसफाइ आयोजनामार्फत गाउँमा खानेपानी सञ्चालन गरिएको उपभोक्ता समितीले जनाएको छ । आयोजनाबाट ६३ धारा निर्माण गरिएको छ । यसबाट २ सय ५८ जना र २ संस्था लाभान्वित भएका छन् । सामुदायिक बिकास मन्चको सहजीकरणमा वाटरहेड नेपालको ३५ लाख ७७ हजार ७ सय १५, शैलुङ गाउँपालिकाको ८ लाख ६१ हजार ५ सय ५२, र उपभोक्ता जनश्रमदान बाट ८ लाख २८ हजार ७ सय ५९ गरेर ५२ लाख ६८ हजार २७ रुपैयाँमा आयोजना सम्पन्न भएको उपभोक्ता समितिले जनाएको छ ।

प्रतिक्रिया