पुर्चौडीको मेयरमा कांग्रेसका बमको दाबेदारी

बैतडी । नेपाली कांग्रेसले आगामी २०७९ वैशाख ३० गते हुने निर्वाचनको लागि उम्मेद्वार छनोट गरिरहेको छ । जिल्लाको पुर्चाेडी नगरपालिकाको नगर प्रमुखकालागि दिपक बहादुर बमलाई उम्मेद्वार बनाउने कांग्रेसको तयारी छ । शुक्रबार बसेको पालिका समितिको बैठकबाट बमलाई नगर प्रमुखको उम्मेद्वार बनाउने सहमति भएको हो । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका बम यसअघि २०७४को निर्वाचनमा समेत सोही पदका उमेदवार थिए । उतिबेला उनी २३७ मतले मात्रै माओवादी केन्द्रका नेता एवम वर्तमान नगर प्रमुख रण बहादुर कुवँरसँग पराजित भएका थिए ।

विगतमा २सय बढी मतले पराजीत भएका बम अहिले अन्य पार्टीबाट ७ सय बढी व्यक्तिले कांग्रेसमा प्रवेश गरेको दावी गर्छन् । तर कांग्रेसले केन्द्रीय समितिले बाट आवश्यकताको आधारमा गठबन्धन गर्ने निर्णय गरेको छ । पुर्चौडीमा नगर उपप्रमुखका उम्मेद्वारको पनि टुङ्गो लगाउने तयारी भइरहेको छ । कांग्रेसले यसअघि पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा रमेश भण्डारीलाई उमेदवार बनाउने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया