कार दुर्घटनामा चालकको मृत्यु, पाँच जना घाइते

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१७ स्थित कालिनजोर पुलमा बुधबार राति कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा कारमा सवार पाँच जना घाइते भएका छन् ।

मृत्यु हुनेमा भारतीय नागरीक २२ वर्षीय नबिन यादव रहेका छन् । गम्भीर घाइते भएका यादवको उपचारको क्रममा स्थानीय गढीमाई अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका अन्य ५ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये २५ वर्षीय भारतीय नागरीक अजित यादवको अवस्था गम्भीर रहेको छ ।

६ जना सवार भारतीय नम्बरको कार गएराती पौने १० बजे अनियन्त्रित भएर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय लालबन्दी सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया