बझाङ । बझाङको जयपृथ्वी नगरपालिकाले भर्ना गरेका नगर प्रहरीको छनौटमा आफ्नो छोरा र आफ्ना नजिककाहरु लाई छनोट गरेको भन्दै अन्य परिक्षार्थीहरुले पुनः जाँच गराउन माग गरेका छन् । नगरपालिकाले सोमबार सार्वजनिक गरेको नामावलीमा जनप्रतिनिधिका आफन्तहरुलाई मात्रै स्थान दिएको एक परीक्षार्थी कलक खड्काले बताए । खड्काले भने, ‘हामिले नगर प्रहरीमा हामीले निष्पक्ष छनौट गरिनुपर्ने माग राख्दै हस्ताक्षर बुझाएका छौं, त्यो कार्यान्वयन हुनैपर्छ ।’
नगर प्रहरीमा नाम निकालेकाहरुका मध्ये एकजना नगरपालिमा कार्यरत अधिकृतका आफन्त, मेयरका छोरा र उपमेयरका आफन्त रहेको अर्का परिक्षार्थीले बताए । उनले भने, ‘हाम्रो निवेदन माथि छलफल नभए आन्दोलन गर्ने चेतावनी दिन चाहन्छु ।’
नगर प्रहरीमा १२ जनाको नाम छनौट भएको छ । जसमा नगर प्रमुख, उपप्रमुख तथा कर्मचारीहरुका आफन्तहरु परेको भन्दै सामाजिक सञ्जालमा पनि चर्को आलोचना भइरहेको छ । जनप्रतिनिधीहरुले आफ्नो कार्यकाल सकिन लाग्दा नगरपालिकामा आफन्तहरुलाई भर्ति गरेको स्थानीयहरुको आरोप लागेको छ ।
प्रतिक्रिया