दोलखाली जनतासँग नेपाली कांग्रेस

दोलखा । नेपाली कांग्रेस दोलखाले सुरु गरेको दोलखाली जनतासँग नेपाली कांग्रेसको जागरण कार्यक्रम जिरिमा सुरु भएको छ । जिल्लाका नौ वटै स्थानीय तहमा संयोजक तोकेर सुरुआत गरिएको कार्यक्रमअनुसार जिरी नगरपालिकाले वडा–१ श्यामाबाट कार्यक्रमको सुरु गरेको हो । जिरी नगरपालिकाका लागि संयोजकको जिम्मेवारी पाएका नेपाली कांग्रेसका प्रभावशाली नेता ताराकुमार खड्काले आइतबार श्यामाबाट कार्यक्रम सुरुआत गरेका हुन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि खड्काले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् संघीय सांसद जिपछिरिङ लामाको वडाबाट यो कार्यक्रम सुरु गर्न पाउँदा खुसी लागेको बताए ।

नेपाली कांग्रेस प्रचारमुखी पार्टी नभएको बताउँदै खड्काले कांग्रेसबाट निर्वाचित वडाध्यक्षले गरेको काम कम्युनिस्ट पार्टीले मैले विकास गरेको भनेर प्रचार गर्नु हास्यास्पद रहेको बताए । ६ वर्षदेखि अलपत्र परेको मुडे–चरिकोट सडक बनाउन पहल गर्न नसक्ने कम्युनिस्ट सरकार दोलखाको बविकास गर्छु भनेर, दोलखाली जनताका आँखामा छारो नहाल्न खड्काले चेतावनी दिए । झुटको खेती गर्ने कम्युनिस्ट नेताहरूलाई होइन विकासको मूल फुटाउने कांग्रेसका नेताहरूलाई आगामी निर्वाचनमा निर्वाचित गराउनुपर्ने बताए ।

कोरोनाको महामारीमा जिरी र चरिकोटका अस्पतालमा भएको स्वास्थ्यमा लापरबाहीले दोलखाली जनताको स्वास्थ्यमा तलमाथि भए त्यसको जिम्मा कम्युनिस्ट जनप्रतिनिधिले लिनुपर्ने बताए । अब जिरी नगरपालिकामा भोट बेचेर खानेलाई होइन विकास गर्ने नेपाली कांग्रेसलाई भोट दिनुपर्ने खड्काले बताए । त्यसैगरी कार्यक्रममा बोल्दै नगरसभापति सोनाम शेर्पाले नेपाली कांग्रेसले जितेको वडा जिरी नगरपालिकाको नमुना वडा बनाएकोमा वडा–१ का वडाध्यक्षलाई विशेष धन्यवाद दिए । कम्युनिस्ट पार्टीले गफ मात्र गर्ने तर नेपाली कांग्रेस जनताको काम गर्ने पार्टी भएको बताए ।

०४७ सालदेखि कम्युनिस्टलाई जिताउँदा कुनै विकासको परिवर्तन नभएको बताउँदै शेर्पाले विकास र परिवर्तनका लागि नजिकिँदै गरेको निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउनुपर्ने बताए । जिरीमा भएको अस्पताल बन्द हुने अवस्थामा पु¥याउने र कोभिडको भत्तासम्म स्वास्थ्यकर्मीलाई नदिई बाँडेर खाएर नगरपालिकाको बजेट चरम दुरुपयोग गरेको शेर्पाले बताए । जिरी नगरपालिकाले गरेको बेथिति र अनियमितताविरुद्ध नेपाली कांग्रेस नगर कार्य समितिले भण्डाफोर गर्ने शेर्पाले बताए ।

कार्यक्रममा बोल्दै जिरी–१ का वडाध्यक्ष लाक्पा शेर्पाले स्थानीयले छनोट गरेको व्यक्तिलाई नै नजिकिँदै गरेको स्थानीय तहको चुनावमा वडाध्यक्षको टिकट दिनुपर्ने बताए । पर्यटन प्रवर्धनका लागि स्टोन पार्कलगायत विभिन्न पर्यटकीय स्थलको विकास गरेको वडाध्यक्ष शेर्पाको भनाइ छ । जुनसुकै पार्टीले बजेट ल्याए नि आफ्नो वडाको विकासमा सहजीकरण गरी स्टमेटअनुसार रकम दुरुपयोग हुन नदिने शेर्पाले बताए ।

श्यामाका वडा सभापति खुसबहादुर कार्की सभापतित्वमा भएको कार्यक्रममा पूर्व क्षेत्रीय सभापति राजु उप्रेती, जिरी नगरसभापति सोनाम शेर्पा, जिरी–१ का वडाध्यक्ष लाक्पा शेर्पा, जिल्ला कार्यसमिति सदस्य कल्पना गुभाजु, नरबहादुर जिरेल, लीला जिरेल, जगतबहादुर गुभाजु, वाङ्छे शेर्पा, जनप्रतिनिधिलगायत नेता तथा कार्यकर्ताको उपस्थितिमा कार्यक्रम सप्पन्न भएको थियो ।

प्रतिक्रिया