दिल्लीमा ६०० दिनदेखि स्कूल बन्द

दिल्ली । धारिनी माथुरका छोराले प्रारम्भिक स्कुल सुरु गरेका बेला ४ वर्षका मात्रै थिए । उनी अझैपनि कम्प्युटरको स्क्रिन पछाडि बस्छन् र भर्चुअली भएपनि सिक्ने प्रयासमा छन् । घरमै बसेर पढ्नाले साथी र शिक्षकहरुसँग उनको शून्य सम्पर्क छ । उनी पनि भारतको राजधानी दिल्लीका ४० लाख भन्दा बढी बालबालिका मध्येका एक हुन्, जो कोरोनाभाइरसको महामारीका कारण कक्षा कोठा भन्दा बाहिर बस्न बाध्य छन् । हालको समयमा लामो समयदेखि भइरहेको बन्दले सिकाइको क्षमतामा नराम्ररी असर पारिरहेको माथुरले बताइन ।

‘हाम्रो सानो छोरा स्कुल जान पाएको छैन । साथीसंगतीसँग अन्तरक्रिया हुन पाएको छैन,’ माथुरले भनिन् । यो आइसोलेसन र विकासको अभाव वास्तवमै संवेदनशील भएको छ । दिल्ली सरकारले सन् २०२० को मार्चदेखि स्कुल बन्द गर्ने आदेश दिएको थियो । उक्त समयमा कोरोना भाइरसका संक्रमित देखिन थालेका थिए । दिल्लीमा स्कुलहरु झन्डै २ वर्षदेखि बन्द अवस्थामा रहँदै आएका छन् । यो विश्वकै लामो समयसम्म गरिएको स्कुल बन्द हो । यसले आफ्ना जनताको सिकाइको विकासमा नराम्रो असर पारेको छ । लामो समयसम्मको सिकाइको घाटाले गरिबी बढाउने, कमाउने क्षमता घटाउने र लाखौँ व्यक्तिको मानसिक र शारीरिक स्वास्थ्यमा असर पार्ने देखिन्छ ।

दिल्ली सरकारले सन् २०२० को मार्चदेखि स्कुल बन्द गर्ने आदेश दिएको थियो । उक्त समयमा कोरोना भाइरसका संक्रमित देखिन थालेका थिए । दिल्लीमा स्कुलहरु झन्डै २ वर्षदेखि बन्द अवस्थामा रहँदै आएका छन् । यो विश्वकै लामो समयसम्म गरिएको स्कुल बन्द हो । यसले आफ्ना जनताको सिकाइको विकासमा नराम्रो असर पारेको छ । लामो समयसम्मको सिकाइको घाटाले गरिबी बढाउने, कमाउने क्षमता घटाउने र लाखौँ व्यक्तिको मानसिक र शारीरिक स्वास्थ्यमा असर पार्ने देखिन्छ । अगस्टमा माथुरले राज्य सरकार समक्ष झन्डै ६ महिनापछि स्कुल खोल्नका लागि आग्रह गरेकी थिइन । दिल्लीका अधिकारीहरुले प्रतिबन्ध खुकुलो पार्नका लागि छलफल गरेका थिए । यो बैठकमा दिल्लीका मुख्य मन्त्री र उनका उप प्रमुखको उपस्थिति थियो ।

प्रतिक्रिया