सासले सिन्धुलीगढी बनाउने

काठमाडौं । सास इन्टरटेनमेन्ट सिनेमा प्रालिले ऐतिहासिक विषयवस्तुमा आधारित चलचित्र ‘सिन्धुलीगढी’ को बनाउने घोषणा गरेको छ । चलचित्र विकास बोर्डबाट अनुमति लिएर निर्माण गर्न लागिएको यो चलचित्र निर्देशन विश्वमणि घिमिरेले गर्दैछन् । सास अधिकारीले निर्माण गर्ने चलचित्रको लेखन निर्देशक घिमिरेको रहेकोे छ । सिन्धुली, काठमाडौं र काभ्रेमा छायांकन गरिने चलचित्रलाई दक्षिण भारतीय चलचित्रका एनिमेटर निर्देशक एसएस राजामौलीले सहयोग गर्ने निर्माण पक्षले जनाएको छ । हिन्दी, अंग्रेजी भाषामा डब गरिने ‘सिन्धुलीगढी’ का लागि कलाकारको छनोट अडिसनबाट हुने कुरा निर्माता अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया