‘चिकित्सकमाथिको आक्रमणमा घुसपैठ भयो’

महोत्तरी । महोत्तरीको प्रादेशिक अस्पताल जलेश्वरका मेडिकल सुपरटेन्डन्ट (मेसु) डा. सतीशकुमार साहमाथि भएको आक्रमणमा घुसपैठ भएको जनतम पार्टीले दाबी गरेको छ ।

जनकपुरको पिडारी चोकमा बुधबार मेसु साहमाथि राष्ट्रियसभा सदस्य निर्वाचनको विरोध प्रदर्शनमा उत्रिएका सिके राउत नेतृत्वको जनमत पार्टीका नेता तथा कार्यकर्ताले आक्रमण गरेका थिए । बर्दिबास हिँडेका उनी सवार कार एक्कासी जनमतका कार्यकर्ताहरुले आक्रमण गरेको मेसु साहले बताएका थिए ।

आक्रमणमा परी साहको मुखमा आठ वटा टाँका लगाएर उपचार गरिएको छ भने शरीरका विभिन्न भागमा चोट लागेको छ । आफू स्वास्थ्यकर्मी भएको बताउँदाबताउँदै आफूमाथि सिके राउतका कार्यकर्ताले चिर्पट प्रहार गरेको साहले बताए ।

तर, डा. साहमाथि भएको आक्रमणमा घुसपैठ भएको जनमत पाटीका केन्द्रिय सदस्य सञ्जय स्वराजीले दाबी गरे । डा. साहलाई लक्षित गरी आक्रमण नगरिएको उनको दाबी छ ।

जनमत पाटीको प्राणरक्षक चिकित्सकहरू माथि आक्रमण गर्ने नीति छैन,’ नेता स्वराजीले भने, भूलवस वा जनमतको नाममा कोही घुसपैठ भएको हुनसक्छ ।’

प्रतिक्रिया