प्रदेश १ मा एकीकृत समाजवादीकी जयन्ती राई विजयी

विराटनगर । राष्ट्रियसभाको निर्वाचनअन्तर्गत प्रदेश १ मा महिलातर्फ जयन्ती राई विजयी भएकी छन् । नेकपा एकीकृत समाजवादीकी राई चार हजार ६ सय ९२ मत ल्याउँदै विजयी बनेकी हुन् ।

निर्वाचन अधिकृत भरत लम्सालका अनुसार एमालेकी सुमित्रा भण्डारीले चार हजार तीन सय ६२ मत ल्याएकी छन भने राप्रपाकी रन्जु प्याकुरेलले एक सय २० मत प्राप्त गरेकी छन् । तीन मत भने बदर भएको निर्वाचन अधिकृत लम्सालले बताए ।

प्रतिक्रिया