पत्रकार तथा स्वास्थ्य सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न

कालिकोट । पत्रकार तथा स्वास्थ्य सञ्चारकर्मीहरुसँग एकदिने अन्तरक्रिया सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कालिकोटको आयोजनामा कालिकोटमा क्रियाशिल पत्रकार तथा स्वास्थ्य सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गरिएको हो ।

स्वागत मन्तब्य राख्दै जनस्वास्थ्य अधिकृत कटकबहादुर महतले आर्थिक वर्ष २०७७–०७८ को समिक्षा तथा २०७८–०७९ मा गरिने काम र क्रियाकलापबारे जानकारी गराउन कार्यक्रम आयोजना गरिएको बताए । साथै, महतले कालिकोटको स्वास्थ अवस्थाबारे पत्रकारलाई स्वास्थ्यसम्बन्धी जानकारी गराई समुदायमा सही सूचना तथा सन्देश प्रवाह गरि समुदायमा स्वास्थ्यसम्बन्धी चेतना अभिवृद्धि गर्ने उक्त कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए ।

जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका निमित्त स्वास्थ्य व्यवस्थापक रत्नविर सुनारले स्वास्थ्य क्षेत्रका मुख्य चुनौती तथा गत वर्ष यताको प्रगती समीक्षाबारे सहभागीहरुलाई जानकारी गराए । उनले न्यूनतम सेवा मापदण्डको अवस्था, वार्षिक वित्तीय तर्फको प्रगतीलगायत विभिन्न क्रियाकलापबारे जानकारी गराए ।

मेडिकल अधिकृत किरण शाहीले स्वास्थ्य सेवा कार्यालय कालिकोटको भौतिक तथा पूर्वाधार विकास, कर्मचारीहरुको विवरण तथा औजार उपकरणबारे पत्रकारहरुलाई जानकारी गराईन् । जनस्वास्थ्य अधिकृत गौरा घर्तीमगरले हालसम्मको कालिकोटमा कोभिड अवस्थाबारे जानकारी गराउँदै यस जिल्लामा कोरोनाको पहिलो चरणदेखि हालसम्म र गत २४ घण्टासम्म २ हजार ४ सय ४१ जनामा कोरोना संक्रमण देखिएको बताईन् ।

उनका अनुसार पहिलो चरणदेखि गत २४ घण्टासम्म २ हजार २ सय ३० जना निको भएर घर गएका छन् । कालिकोटमा कोभिडका कारण हालसम्म ७ जनाको मृत्यु भएको छ । अस्पताल क्षेत्रमा आईपरेका समस्या र समाधानका विषयमा पत्रकारहरुसँग दोहोरो छलफल र आईपरेका चुनौतीहरुको विषयमा छलफल गरिएको थियो । कार्यक्रमको सञ्चालन हेमराज बमले गरेका थिए ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया