किशोरीलाई जबरजस्ती करणी गर्ने चौधरीमाथि अनुसन्धान जारी

काठमाडौं । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका सागर चौधरीमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

गत सोमबार राति पाल्पाको तानसेन नगरपालिका–६ बस्ने २१ वर्षीय सागर चौधरीलाई क्राउ गरी अनुसन्धान बढाएको हो ।

बर्दिया मधुवन नगरपालिका–३ घर भएका चौधरीले किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बर्तुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया