‘मास्टर’पछि सबै दर्शक उनको आगामी फिल्म ‘बिस्ट’को प्रतीक्षा गरिरहेका छन् । समाचारअनुसार यो फिल्ममा विजयले सय करोड रुपैंयाँ पारिश्रमिक लिएका छन् । उनको यो पारिश्रमिक फिल्मको बजेटको आधाभन्दा बढी हो ।
सन् २०२१ को मार्चमा ‘बिस्ट’को घोषणा गरिएको थियो । फिल्मको निर्देशन नेल्सन दिलीपकुमारले गरिरहेका छन् । फिल्ममा विजयसँग प्रमुख भूमिकामा पूजा हेगडेको अभिनय छ । एक्सन थ्रिलरको यो फिल्म यसै वर्षको १४ अप्रिलमा रिलिज हुँदैछ । थलापतिले ‘मास्टर’मा ८० करोड पारिश्रमिक लिएका थिए ।
यद्यपि ‘बीस्ट’का निर्माताले थलापतिको पारिश्रमिक विषयमा पुष्टि गरेका त छैनन् । तर अभिनेताले भने एक पत्रिकासँगको कुराकानीमा आफूले सय करोड पारिश्रमिक लिएको खुलाएका थिए ।
प्रतिक्रिया