प्रेमी र अधिकारीको ‘मेरो जस्तो माया’

काठमाडौं । गायक संगीतकार नरहरि प्रेमी र गायिका समीक्षा अधिकारीको स्वर रहेको गीत ‘मेरो जस्तो माया’ सार्वजनिक भएको छ । स्टुडियो भिडियोमार्फत सार्वजनिक गीतमा राज कुमारको शब्द तथा संगीत रहेको छ । संजय हमालको अरेञ्जमेन्ट, दिल समर्पणको रेकर्डिङ, चन्द्र चौधरी (अकस्टिक नेपाल) को मिक्सिङ रहेको छ । भिडियोमा कृष्ण बस्नेतको छायांकन तथा गीतकार तथा संगीतकार राज कुमारको सम्पादन रहेको छ ।

प्रतिक्रिया