जनसाहित्यिक मञ्चको अध्यक्षमा भट्ट

काठमाडौं । जनसाहित्यिक मञ्चको प्रथम राष्ट्रिय भेलाले डा. पुष्करराज भट्टको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय समिति निर्माण गरेको छ । भर्चुअल माध्यममार्फत भएको उक्त भेलाले जनसाहित्यिक मञ्चको केन्द्रीय उपाध्यक्षमा अच्युत घिमिरे एवं शान्ति प्रियवन्दना, महासचिवमा बालमुकुन्द कार्की, सचिवमा जागेश्वर नेपाल, रमेश पन्त मितबन्धु एवं रामचन्द्र खतिवडा, कोषाध्यक्षमा सिर्जना ज्ञवालीलाई चयन गरेको छ ।

नेकपा (एकीकृत समाजवादी) को जनसंगठन राष्ट्रिय जनसांस्कृतिक महासंघ समाजवादीको घटक संगठन जनसाहित्यिक मञ्चको केन्द्रीय सदस्यमा देवीप्रसाद चापागाईं, उद्धव प्याकुरेल, श्रेष्ठ प्रिया पत्थर, रघुनाथ कडरिया, पुन्य घिमिरे, डमरुबल्लभ गडतौला, भलादमी भोला, लीलाराज दाहाल, दीपसागर पन्त, दिव्यान्त जोशी, जगत वाशिष्ठ, मधु पोखरेल, ज्ञानेन्द्र ढुंगाना, बोधकुमार पौडेल, अम्बिका दाहाल, यादवसेर राई, जीवन खडका, यदुनाथ वसन्तपुरे, केशव दुवाडी, राजकुमार अर्याल, दुर्गा घिमिरे, रमेश थापा, भावना थापा, इन्दिरा पन्त, हरि भुसाल, चोपलाल पोखरेल, सूर्य विसी, कल्यान ओझा, सागर कुश्मी, प्रेमप्रकाश कलौनी, चन्द्रकला पन्त, अनिल शाही, विकास थापा, रवि राना, यादव अधिकारी एवं श्याम सहनी रहेका छन् ।

भेलाको प्रमुख अतिथि नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं मोर्चा फाँट इन्चार्ज डा. विजय पौडेलले वर्तमानमा आफ्नो पार्टीले द्रुतगतिमा संगठन निर्माणको काममा लागेको बताए । उनले नेपाली कम्युनिस्ट आन्दोलनको पुर्नगठनका माध्यमबाट सामाजिक रुपान्तरणको मार्गलाई अघि बढाएको र आन्दोलनलाई सही ठाउँमा पु¥याउन विद्रोह गरिएको जिकिर गरे । भेलामा आफ्नो विचार राख्दै नेकपा (एकीकृत समाजवादी) का पोलिटव्युरो सदस्य एवं राष्ट्रिय जनसांस्कृतिक महासंघ समाजवादीका इन्चार्ज गोपाल बरालले अब छिट्टै हुने संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा सबैले चनाखो भएर पार्टीको पक्षमा काम गर्नुपर्नेमा जोड दिए ।

सो पार्टीका पोलिटव्युरो सदस्य एवं युवा फाँट इन्चार्ज दिलकुमारी पन्तले समाजलाई रुपान्तरणको दिशामा लैजान संस्कृतिकर्मीले निरन्तर खबरदारी गरिरहनुपर्नेमा जोड दिइन् । राष्ट्रिय जनसांस्कृतिक महासंघका केन्द्रीय अध्यक्ष कृपाराम शर्मा धमालाले नेपालमा राजनीतिक आन्दोलन सफल भए पनि त्यस अनुरुपको संस्कृति निर्माण हुन नसक्दा राजनीतिले सही दिशा लिन नसकेको बताए । उनले नेपालमा सांस्कृतिक रुपान्तरणका लागि राजनीतिक दलले दह्रो प्रतिबद्धतासहित जनपक्षीय काम गर्नुपर्नेमा जोड दिए । सो भेलामा बालमुकुन्द कार्की, भलादमी भोला लगायतले सांस्कृतिक रुपान्तरणमा संस्कृतिकर्मीले आलोचनात्मक चेतसहित काम गर्नुपर्नेमा बताए । सो कार्यक्रममा सहभागी स्रष्टाले आफ्ना रचनासमेत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया