मासिक २ सय ८८ रुपैयाँमै डिसहोमको इन्टरनेट

काठमाडौं । नेपालमा कोभिड १९ को तेस्रो लहर शुरू भएसँगै विद्यार्थीलाई ध्यानमा राख्दै इन्टरनेट सेवा प्रदायक कम्पनी डिशहोम फाइबर नेटले स्टुडेन्ट अनलाइन क्लास प्याकेज सार्वजनिक गरेको छ । स्टुडेन्ट अनलाइन क्लास प्याकेज अन्तर्गत एउटा विद्यार्थीका लागि मासिक २ सय ८८ रूपैयाँ, २ जना विद्यार्थीका लागि मासिक ४ सय ८८ रूपैयाँ र ३ जना विद्यार्थीका लागि मासिक ५ सय ८८ रूपैयाँमा इन्टरनेट प्रयोग गर्न सकिनेछ ।

यो प्याकेजमा विद्यार्थीलाई अनलाइन क्लासका लागि आवश्यक पर्ने जुम, गूगल मिट, माइक्रोसफ्ट टिम्स लगायतका सफ्टवेयर चलाउन चाहिने आवश्यक ब्याण्ड विथ उपलब्ध गराइनेछ । अनलाइन कक्षाका लागि एक जना विद्यार्थीलाई १० एमबीपीएस, २ जना विद्यार्थीलाई १५ एमबीपीएस र ३ जना विद्यार्थीलाई २० एमबीपीएस इन्टरनेट उपलब्ध हुनेछ ।

प्रतिक्रिया