आज ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा आज ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपरान्हमा दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ४३७ वटा नमुना परीक्षण गर्दा ६ हजार ४६२ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

मन्त्रालयका अनुसार १३ हजार ३७७ जनामा गरिएको पीसीआर परीक्षणमा पाँच हजार ५९८ जनामा र चार हजार ६० जनामा एन्टिजेन परीक्षण गर्दा ८६४ जनामा संक्रमण देखिएको हो ।

योसँगै देशभर सक्रिय संक्रमितको ७७ हजार ४० रहेको छ । पछिल्लो २४ घण्टामा १४१६ जना डिस्चार्ज भएका छन् भने मृत्यु चार जनाको भएको छ ।

यसैबीच, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले ५० भन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड–१९ बाट संक्रमित भएका बताउँदै यही माघ १० देखि १६ गतेसम्म खोप अभियान स्थगन भएको जनाएको छ ।

प्रतिक्रिया