किन संवेदनहीन बन्दैछ समाज ?

घटना १
पुस २ गते कैलालीस्थित जानकी गाउँपालिका वडा नं ९ का २५ वर्षीय अरुण दास मृत फेला परे । उनको टाउको र शरीर छुट्याइएको अवस्थामा शव फेला परेको थियो । रुखमा बाँधेर शरीर नग्न बनाई घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेपछि अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले समेत जिब्रो काटे । कारण, दासको हत्याले द्वन्द्वकालीन झझल्को दिएको थियो ।

घटना २
असोज २७ गते आफ्नै बाबुले मासुको विषयलाई लिएर छोराको हत्या गरे । सल्यान बनगाडस्थित कुपिण्डे नगरपालिकामा ५५ वर्षीय निमबहादुर कुवरले ३३ वर्षीय रुपलाल कुवरको हत्या गरेका थिए । मासु काट्ने धारिलो हतियारले निमबहादुरले रुपलालको घाँटी नै छिन्ने गरी प्रहार गरेका थिए । निमबहादुरलाई तत्कालै प्रहरीले पक्राउ गरेको थियो ।

घटना ३
गत भदौमा रुपन्देही गैडहवा गाउँपालिकाका आठ महिने शिशुको हत्या आरोपमा २२ वर्षीय श्रीराम मल्लाह र उनकी पत्नी रेनु पक्राउ परिन् । घरयासी अंशवण्डा मुद्दामा मल्लाह दम्पत्तिले आफ्नै आठ महिने शिशुको घाँटी रेटी हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्यो । सुरुमा शिशु हराएको भन्दै मल्लाह दम्पत्तीले परिवारलाई आरोप लगाएका थिए । तर, अनुसन्धान गर्दै जाँदा अंशवण्डा विवादमा परिवारलाई दोष देखाएर सम्पत्ति हत्याउन आफ्नै छोराको हत्या गरेको रहस्य खुलेको थियो ।

काठमाडौं । पछिल्लो समय नेपाली समाज क्रुर बन्दै गइरहेको छ । घटना १, २ र ३ त केही उदाहरणमात्र हुन् । विगत केही समययता देशमा हत्या र हिंसाका दर्जनौं घटना भएका छन् । छोराद्वारा बाबुको हत्या । बलात्कारपछि बालिकाको हत्या । गोलीप्रहार गरी युवकको हत्या । बलात्कारपछि युवतीको हत्या । बाबुआमाद्वारा अबोध छोराको हत्या । यस्तैयस्तै प्रकृतिका हत्या हिंसाका घटना हरेक दिन भइरहेका छन् र दिनप्रति बढिरहेका छन् । आखिर किन यसरी बढ्दैछन् हत्या हिंसाका जघन्य अपराध ? के हत्या हिंसा कुनै संक्रमण रोग हो ? यसका राजनीतिक, सामाजिक, पारिवारिक, जैविक तथा मनोवैज्ञानिक कारण के के हुन सक्छन् ? हत्या हिंसाका यस्ता घटना न्यूनीकरणका उपाय के हन् सक्छन् ? यस्ता संवेदनशील विषयमा गहन अध्ययन अनुशन्धान हुनु आवश्यक छ । मनमा असन्तोष, कुण्ठा, संघर्ष, तनाव, बेचैनी तथा अन्तद्र्वन्द्व उत्पन्न हुनु यसको प्रमुख कारण हुनसक्छ ।

मनोवैज्ञानका अनुसार हिंसा फौलिनुका पछाडि मुख्यतयाः तीन कारण छन् । पहिलो मनोसामाजिक कारण, दोस्रो रासायनिक कारण र तस्रो आनुवांशिक कारण अर्थात् जन्मजात रुपमा आमाबाबुबाट आउने गुण । बलात्कारका घटनाको अनुसन्धान झन डरलाग्दो छ । अधिकांश बलात्कारका घटना आफन्तबाटै भएको देखिन्छ । २०७७ साल माघमा बैतडीकी भागरथी भट्टको हत्या उनकै काकाको छोरा दिनेश भट्टले गरेको रहस्य खुलेको थियो । पारिवारिक रिसइबीका कारण वदलाको भावले दिनेशले भागरथीको हत्या गरेको रहस्य खुलेको थियो ।

स्थानीय लवलेक जंगलमा भागरथीको शव फेला परेपछि प्रहरीले सुक्ष्म अनुसन्धान गरेको थियो । भागरथीको परिवारले जहिल्यै हेपाहा प्रवत्ति देखाएकै कारण दिनेशले वदलाको भावले उनको हत्या गरेको बयान प्रहरी समक्ष दिएका थिए । दिनेशकी फुपुलाई भागरथीका बुबाले दुव्र्यवहार गरेको घटनालाई लिएर उनले वदलाको भावले घटना गराएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । प्रहरीले भागरथीको हत्यारा त पत्ता लगायो तर, कञ्चनपुर भीमदत्त नगरपालिकाकी निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अभियुक्त भने अझै पक्राउ परेको छैन । प्रहरीले यो घटनाको अझै अनुसन्धान जारी राखेको बताएको छ ।

 

० ०७४/७५ मा एक हजार ६ सय ७४ वटा बलात्कारका घटना प्रहरीमा दर्ता भए । तीमध्ये एक हजार दुई सय ९० वटामा चिनजानेकै व्यक्ति संलग्न ।
० ०७५/७६ मा दुई हजार पाँच सय ७० वटा बालात्कारका घटना भए । तीमध्ये दुई हजार ७३ वटामा चिनजानेकै व्यक्तिको संलग्नता ।
० ०७६/७७ मा बालात्कारका दुई हजार चार सय ४९ वटा घटना भए । तीमध्ये एक हजार नौ सय ५२ वटामा चिनजानकै व्यक्तिको संलग्नता ।
० ०७७/७८ मा दुई हजार दुई सय ३० वटा बलात्कारका घटना भए । तीमध्ये एक हजार सात सय ५७ वटामा चीनजानकै ब्यक्तिको संलग्नता ।

२०७४/७५ मा एक हजार ६ सय ७४ वटा बलात्कारका घटना प्रहरीमा दर्ता भए । तीमध्ये एक हजार दुई सय ९० वटामा चिनेजानेकै व्यक्ति संलग्न भएको प्रहरी तथ्यांकले देखाउँछ । तीन सय ८४ वटा घटनामा मात्र चिनजान बाहिरका व्यक्ति संलग्न भएको देखिएको छ । सोही अवधिमा ६ सय ७० वटा कर्तव्य ज्यान (हत्या) मुद्दाका घटना प्रहरीमा दर्ता भएका थिए । यसैगरी २०७५÷७६ मा दुई हजार पाँच सय ७० वटा बालात्कारका घटना भए । तीमध्ये दुई हजार ७३ वटामा चिनेजानेकै र पाँच सय ३२ वटामा बाहिरका व्यक्तिको संलग्नता भेटियो । सोही अवधिमा ६ सय ६९ वटा कर्तब्य ज्यान मुद्दा प्रहरीमा दर्ता भएका थिए ।

यसैगरी २०७६/७७ मा पनि बालात्कारका दुई हजार चार सय ४९ वटा घटना भए । प्रहरी केन्द्रीय प्रवक्ता एसएसपी विष्णुकुमार केसीका अनुसार एक हजार नौ सय ५२ वटा घटनामा चिनजानकै व्यक्तिको संलग्नता पाइयो । बाँकी घटना चिनजान नभएका व्यक्तिले गराएको प्रवक्ता केसीले जनाकारी दिए । सोही वर्ष ६ सय ७७ वटा कर्तव्य ज्यान मुद्दा प्रहरीमा दर्ता भएका थिए । यसैगरी २०७७÷७८ मा दुई हजार दुई सय ३० वटा बलात्कारका घटना भए । त्यसमध्ये एक हजार सात सय ५७ वटा घटना चीनजानकै ब्यक्तिबाट भएको थियो । सोही अवधिमा सात सय १२ वटा कर्तव्य ज्यान मुद्दा प्रहरीमा दर्ता भएका थिए ।

एसएसपी विष्णुकुमार केसी (प्रवक्ता, नेपाल प्रहरी)

घटना निरुत्साहनको प्रयासमा छौं : एसएसपी विष्णुकुमार केसी (प्रवक्ता, नेपाल प्रहरी)
पछिल्ला वर्ष हत्याभन्दा बलात्कारका घटना बढी हुनुमा धेरै पक्ष छन् । आर्थिक अभाव, अशिक्षा, वेरोजगारी र सामाजिक सञ्जालको बढ्दो प्रयोग यी घटना हुनुका प्रमुख कारक हुन् । व्यक्तिले योजनाबद्ध ढंगले गराएको घटनामा प्रहरीले के गर्न सक्छ ? घटना भएपछि अभियुक्त पक्राउ गरेर कानुनी दायरमा ल्याउने काम प्रहरीको हो । त्यो हामीले गरिरहेकै छौं ।

घटना निरुत्साहन गर्न प्रहरीले प्रयास गरिरहेको छ । प्रहरी समुदाय—साझेदारी कार्यक्रम पनि यी घटना निरुत्साहन गर्ने उद्देश्यले नै अगाडि सारिएको हो । महिला हिंसा र महिला तथा बालबालिकाविरुद्ध हुने अपराध नियन्त्रण गर्न यो कार्यक्रमले धेरै सहयोग गरेको छ ।

प्रहरी युनिटले महिल हिंसा, घरेलु हिंसालगायत यौन हिंसा नियन्त्रणका लागि सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ । आवेगमा आउने र तत्कालन रिस थाम्न नसक्ने व्यक्तिले घटना गराइरहेको देखिन्छ । समाजमा एउटा वर्ग र व्यक्तिवीचको बेमेलका कारणले जघन्य अपराध भइरहेका छन् ।

प्रहरीले भागरथीको हत्यारा त पत्ता लगायो तर, कञ्चनपुर भीमदत्त नगरपालिकाकी निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अभियुक्त भने अझै पक्राउ परेको छैन । प्रहरीले यो घटनाको अझै अनुसन्धान जारी राखेको बताएको छ ।

समान्यतः लागूपदार्थ र मादक पदार्थको सेवनले पनि गम्भीर प्रकृतिका घटना भइरहेका छन् । सामान्य झैझगडाले पनि हत्या निम्तने गरेको देखिन्छ । सजिलै पैसा कमाउन सक्ने उद्देश्यले पनि अपराध निम्तयाई रहको देखिन्छ । उद्देश्य लुटपाट गर्ने तर, पछि हत्यामा रुपान्तरित भएका घटना पनि धेरै बढेका छन् । हामी नियन्त्रणको प्रयासमा छौं ।

 

गोपाल ढकाल, मनोविद्

चेतनाको स्तरमा कमी : गोपाल ढकाल, मनोविद्
जहाँ समाज हुन्छ, त्यहाँ अपराध हुन्छ । पछिल्लो समयमा पारिवारिक घटना बढेको देखिन्छ । यो हुनुको पछाडी धेरै कारण छन् । समाजिक, आर्थिक, पारिवारिक र मनोवैज्ञानिक कारणले यस्ता घटना बढ्नुमा प्रमुख भुमिका खेलेको देखिन्छ ।

आफन्त नै आफन्तको हत्या र बलात्कारजस्तो जघन्य अपराधमा संलग्न देखिन्छन् । यी घटना व्यक्तिको मनस्थितिमै जोडिएको देखिन्छ । घरभित्रको केही अपराधमा क्षणिक आवेग, रिस कुन्ठा, आक्रोस, परिवारप्रति घृणा र उत्तेजनाले पनि भूमिका खेल्छ । आफ्नो रिस र आवेग नियन्त्रण गर्न नसक्नु मानवीय चेतनाको कमी हो । यो समाजसँग पनि जोडिएको हुन्छ । सामाजिक सञ्जालले पनि मानिसलाई उत्तेजित बनाइरहेको छ । समाजमा व्यक्ति कसरी हुर्किएको छ भन्ने पनि प्रमुख कारण हुन्छ ।

पारिवारिक अपराधहरुमा भने व्यक्तिले मानसिक सन्तुलन र विवेक सबै गुमाउन पुगेका हुन्छन् । पछि गल्ती गरेँ भनेर पश्चाताप गर्छन् । विना मनसायले अपराध गर्छ भने व्यक्तिमा मानसिक दुर्वलताको कमी रहेछ भनेर बुझ्नुपर्छ । त्यसैले घरमा आफ्ना सन्तानको हुर्काइबढाईमा ध्यान दिनु जरुरी छ । उसलाई कसरी हुर्काउने, कसरी बढाउने र उनको चेतना अभिवद्धिमा के गर्न सकिन्छ भन्ने विषय परिवारका अभिभावकले ध्यान दिनु जरुरी छ । समाजको चेतनास्तर माथि नउठेसम्म व्यक्तिको मानसिकस्तर बलियो हुँदैन ।

प्रतिक्रिया