इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प

जकार्ता । इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा शनिबार ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको असरबारे विस्तृत विवरण आउँन बाँकी छ ।

भूकम्पले सम्भावित सुनामीको त्रास भने नदेखिएको मौसम विज्ञान र भूभौतिकी एजेन्सीले जनाएको छ। जकार्ता समय (०२२६ GMT) बिहान ९ः२६ मा भूकम्प गएको थियो जसको केन्द्रबिन्दु तलाउड जिल्लाको मेलोन्गुआने सहरबाट ३९ किलोमिटर दक्षिणपूर्वमा र समुद्रको तल १२ किलोमिटर तल रहेको एजेन्सीले जनाएको छ ।

प्रतिक्रिया