बिओकेका ग्राहकलाई मेडिप्लसमा छुट

काठमाडौ । बैक अफ काठमाण्डू (बिओके) लिमिटेड र मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टर बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई १० प्रतिशत सम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

सम्झौता पश्चात् ग्राहकले मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवामा १० प्रतिशत छुट पाउनेछन । ग्राहकले उक्त सेवामा छुट उपयोग गर्नको लागि बैंकको मोबाइल बैंकिग तथा कार्डको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरले कास्कीबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको पनि जनाएको छ । बिओकेले ९४ शाखा कार्यालय, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिग सुविधा प्रदान गर्दै आईरहेको पनि जनाएको छ ।

प्रतिक्रिया