स्थानीय तहमा जनप्रतिनिधिको रिक्तता असंवैधानिक हुन्छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पना नै नगरेको बताएका छन् । कांग्रेस महामन्त्री थापाले बिहीबार ट्विटमार्फत सो कुरा बताएका हुन् । उनले ट्वीटमा भनेका छन्, ‘ हामीले बनाएको संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पनानै गरेको छैन।अत:निर्वाचनबारे कुनै पनि निर्णयगर्दा स्थानीय तह रिक्त हुनपुग्छ भने त्यो असंवैधानिक नै हुन्छ।’

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वैशाखमा संसदीय र कात्तिकमा स्थानीय तह निर्वाचन गर्ने प्रस्ताव राखिरहेका बेला उनले यस्ताे बताएका हुन् । असंवैधानिक कदमविरुद्धको संघर्षबाट बनेको यो सरकार भन्‍दै महामन्त्री थापाले सरकारका हरेक निर्णय संविधानको कसीमा सही हुनै पर्ने बताएका छन् । उनले भनेका छन्, ‘कांग्रेस प्रष्ट छ-असंवैधानिक कदमविरुद्धको संघर्षबाट बनेको यो सरकारका हरेक निर्णय संविधानको कसिमा सही हुनैपर्छ।’

प्रतिक्रिया